कास्कीका २९ सहित गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहान ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहानै जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

कास्कीमा २९, बागलुङ ३, तनहुँमा ५ र गोरखामा १३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् । उनका अनुसार पोखरा महानगरपालिकाको वार्ड ८,५,११,२७,४,१५,१०,९,१ र ६ का व्यक्तिमा कोरोना पुष्टि भएको हो । रुपा गाउँपालिकाका एक जनामा समेत कोरोना देखिएको विज्ञप्तिमा उल्लेख छ ।

roma

यस्तै, बागलु्ङ गल्कोट— ३, बडिगाड—४ र बागलुङ— १ मा संक्रमण फेला परेको हो । तनहुँ जिल्लाको व्यासमा १ र ११ वार्ड बस्ने दुई जनामा कोरोना पुष्टि भएको छ भने घिरिङ १ र ३ वार्डका तीन जनामा कोरोना देखिएको छ ।

ICAS
parichay

गोरखा जिल्लाका शहिद लखन—३ का एक जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । उसका अनुसार गोरखाको बारपाक सुलिकोट ७,३,४,६ र ८ वार्डमा बस्ने ८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, भीमसेन थापा—७ का दुई जना र गोरखा—७ का दुई जनामा कोरोना देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।

संक्रमित मध्ये कास्की जिल्ला पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत रहेको खुलेको छ । पोखरा १५ का ४० वर्षीय दुई जना पुरुषहरु, पोखरा २७ का २८ वर्षीय पुरुष, पोखरा ६ का २१ वर्षीय पुरुष गरि चारै जना भारतबाट आई क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ । रुपा गाउँपालिकाका २७ वर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेको उल्लेख गरिएको छ ।

पोखरा—२५ कि २५ वर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत महिला हुन् । तनहुँ जिल्लाको घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेको निर्देशक शर्माले जानकारी गराए । बागलुङ जिल्ला गलकोट ३ र बागलुङ १ का क्रमशः ३७ र ४६ वर्षीय गरि दुई जना पुरुष पनि भारतबाट आई क्वारेन्टाइनमा बसेको उनले बताए ।

शर्माका अनुसार अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

pokhara internet
Comments
Loading...