ICAS
Rara

गलकोटको कपास उद्योगमा आगलागी

बागलुङ । बागलुङको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मंगलबार आगलागी भएको छ । आगोबाट कपास उद्योगमा क्षति पुगेको छ ।

parichay

प्रहरीका अनुसार विद्युत चुहिएर आगलागी भएको हो ।आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए । त्यस्तै, पार्किङ गरेर राखिएको ध १ प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।

govnotice

आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गर्दै आएका हुन् । -रासस

pokhara internet
Comments
Loading...