ICAS

गगन थापाको प्रस्ताव : अतिक्रमित भूमि फिर्ता लिन संसद्‍बाट साँझ संकल्प प्रस्ताव ल्याऔँ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन संसद्‍मा साँझा संकल्प प्रस्ताव ल्याउन प्रस्ताव अघि  सारेका छन् ।

उनले नयाँ नक्साअनुसार संविधान संशोधनसँगै संकल्प प्रस्ताव पनि ल्याउन प्रस्ताव अघि सारेका हुन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रतिबद्धताको विषय भएकाले संविधान संशोधन प्रस्ताव द्रूत गतिमा सर्वसम्मत पास गर्नुपर्ने बताएका छन् । नेपालको नयाँ नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने उनले बताए ।

Parichay
Infomatics

सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ ।

‘यस उप्रान्तको काम कूटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसँगै नियन्त्रण राखेको छ’ उनले भनेका छन्, ‘अबको बाटो भनेको हामीले हाम्रो भू-भागबाट भारतीय उपस्थिति तथा नियन्त्रणको अन्त्यगरी आफ्नो प्रभावकारी नियन्त्रण कायम गर्ने ।’

 

pokhara internet
Comments
Loading...