सरकारलाई काँग्रेस नेता गगन थापाको कटाक्ष : बालुवाटारमा तमासा कहिलेसम्म ?

पोखरा /

प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंकित गर्दै काँग्रेस नेता गगन थापाले कटाक्ष प्रहार गरेका छन् । उनले बालुवाटारमा महामारीका बेला तमासा भइरहेको उल्लेख गरेका छन् ।

नेकपा स्थायी कमिटीको बैठकमा मंगलबार नेकपाकै नेताहरुबाट प्रधानमन्त्रीको राजीनामा माग भएपछि गगन थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको बताएका छन् ।

ICAS

उनले देशमा कोरोना संक्रमण बढ्दो रहेको र सलह किराले समेत आफ्नो काम नरोकेको समयमा सरकार भने कुर्सी जोगाउने खेलमा लागिरहेको आरोप लगाएका छन् । उनले फेसबुकमा यस्तो लेखका छन्, ‘सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ । त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

‪बालुवाटारमा तमासा छ!‬‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना…

Posted by Gagan Thapa on Tuesday, 30 June 2020

pokhara internet
Comments
Loading...