NTHMC

चेल्सीविरुद्ध लिभरपुलले ग¥यो पाँच गोल

पोखरा / 

इंग्लिस प्रिमियर लिगमा च्याम्पियन लिभरपुलले चेल्सीलाई ५—३ गोलले पराजित गरेको छ । हारपछि चौथो स्थानमा झरेको चेल्सीलाई शीर्ष चारमा स्थान बनाउन अन्तिम खेलमा वुल्भ्सविरुद्ध कम्तिमा बराबरी खेल्नु पर्ने भएको छ।

roma

यसअघि उपाधि जितेको लिभरपुलका लागि बुधबार राति केइटाले २३ मिनेटमा पहिलो गोल गरे। एलेक्जेन्डर अर्नोल्डले ३८ मिनेटमा लिभरपुलको अग्रता दोब्बर पारे। ४३ मिनेटमा जर्जिन्हो विज्नल्डमले तेस्रो गोल गरेका थिए।

ICAS

यस्तै फिर्मिन्होले ५४ मिनेट र एलेक्स अक्सलेड चेम्बरलेनले ‍८४ मिनेटमा गोल थपेका थिए। चेल्सीका ओलिभर जिरुउडले पहिलो हाफको इन्जुरी टाइममा, टम्मी अब्राहम ६१ मिनेट र क्रिस्टियन पुलिसिसले ७३ गोल फर्काएका थिए।

यसअघि नै उपाधि जितेपछि लिभरपुललाई बुधबार ट्रफी दिइएको थियो। लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जित्न सफल भएको हो।यता शीर्ष चारको होडमा रहेको अर्को टिम म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। म्यानचेस्टरलाई वेस्ट ह्याम युनाइटेडले १(१ गोलको बराबरीमा रोकेको हो।

parichay

वेस्ट ह्यामका एन्टिनियोले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेर आफ्नो टिमलाई पहिले अग्रत दिलाए। म्यानचेस्टरका लागि ग्रिनउडले ५१ मिनेटमा बराबरी गोल फर्काए।

लिगमा म्यानचेस्टर अन्तिम खेलअघि ६३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको चेल्सीको पनि ६३ अंक नै छ। पाँचौ स्थानमा झरेको लेस्टर सिटीको ६२ अंक छ।

अन्तिम खेलमा अब यी तीन टिमबीच शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने प्रतिस्पर्धा हुनेछ।

अन्तिम खेलमा चेल्सीले वुल्भ्ससँग खेल्दा म्यानचेस्टर र लेस्टरबीच प्रतिस्पर्धा हुनेछ।

चेल्सीलाई शीर्ष चारमा पर्न कम्तिमा बराबरीको खाँचो छ। म्यानचेस्टरलाई पनि बराबरी नै काफी हुनेछ। लेस्टरले भने जित नै निकाल्नु पर्ने हुन्छ। एजेन्सी

pokhara internet
Comments
Loading...