ICAS

कोरोना त्रासका बाबजुद आजदेखि १८ औं संस्कराको आहा ! रारा गोल्ड कप, आयोजक सहारा र ब्रिगेड व्वाइज भिड्दै

पोखरा/

नेपालकै प्रतिष्ठित मानिएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८ औं संस्करण आजदेखि शुरु हुँदैछ । पोखरा रंगशालामा हुने १० दिन लामो यो प्रतियोगिता दिउँसो १ बजेदेखि शुरु हुने आयोजक सहारा क्लवले जनाएको छ । प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

Parichay
Infomatics

कोरोना भाईरसको सँक्रमणका कारण विभिन्न संघसँस्थाले धमाधम कार्यक्रम रद्द गरिरहेका बेला सहारा क्लवले भने फुटबल प्रतियोगिता गर्ने भएको हो । स्थानीय प्रशासनले प्रतियोगिता गर्न अनुमति दिएकाले गर्न लागिएको आयोजकले जनाएको छ ।

यहि चैत १ गते सम्म हुने खेल तालिका यस्तो छ–


प्रकाशित तालिका अनुसार सहभागि १० टिम मध्ये विभागिय नेपाल टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लव भने सोझै वाई पाएर क्वाटरफाइनलमा भिड्ने छन । जस अनुसार २३ गते नेपाल एपिएफ क्लब र झापा ११ का विच खेल हुनेछ भने २४ गते नेपाल पुलिसले सहारा र ब्रिगेडको विजेता मध्ये संग भेट पक्का गरेको छ ।

फागुन २५ गते नेपाल एपिफ र झापा ११ को विजेता मध्येको टिम संग मनाङ मर्स्याङदी क्लवले आफ्नो भेट पक्का गरेको छ । त्यसै गरि फागुन २६ गते गान्तोक सिटी क्लव भारत र नेपालको ए डिभिजनको विच रोचक खेल हुने अनुमान गर्न सकिन्छ ।

पहिलो चरणको अन्तिम खेल फागुन २७ गते संकटा र विभागिय टीम त्रिभुवन आर्मी क्लबका विच हुने भएको छ । प्रकाशित तालिका अनुसार फागुन २८ र २९ गते सेमीफाइनल र चैत्र १ गते फाइनल खेल हुने सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका छन ।

पोखराको उधोग हिमश्री फुड्सको उत्पादन आहा १ रारा १ चाउचाउको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा उपाधी विजेता हुने टिमले रु। १० लाख १ हजार र उपविजेता हुनेलाई रु। ५ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ प्रक्षेपण क्लवले गरेकोछ । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा एकेडेमीमा खर्च गरिने अध्यक्ष थापाले बताएका छन । हाल ऐकेडेमीमा तेश्रो व्याचका १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन ।

सुजल श्रेष्ठलाई सम्मान गरिने

सहारा क्लवले यस वर्ष फुटबलका राष्ट्रिय खेलाडी सुजल श्रेष्ठलाई सवोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६ बाट सम्मान गर्ने भएको छ । सहाराले हरेक वर्ष फुटबल खेलाडीलाई सम्मान गर्दै आएकोमा यस वर्ष सुजल उक्त सम्मान पाउन लागेका हुन । उनलाई ३५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सममान गरिने भएको हो । उक्त नगद पुरुस्कारको प्रायोजन क्लवका मानार्थ सदस्य खेम बहादुर गुरुङले गरेका छन ।

१३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा नेपाली टिम सम्हालेका सुजल ए डिभिजनको क्लव मछिन्द्रका समेत टिम कप्तान हुन । उनकै कप्तानीमा १३ औं सागमा नेपालले फुटबलमा स्वर्ण पदक जितेको थियो भने हालै सम्पन्न लिगमा समेत टिमलाई लिग उपाधी जिताउन अहम भुमिका खेलेका थिए ।

सहारा युके, हङकङ र सहारा अष्ट्रेलियाको सहयोग

प्रतियोगिताका लागि निर्णयक ट्रफी, वेष्ट अफ फाइभ ट्रफी, म्यान अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट ट्रफी, फेयर प्ले ट्रफी, मेडल लगाएत प्रत्येक म्याचमा ५ हजार सहित म्यान अफ दि म्याचको पुरस्कार रकम सहारा युकेले सहयोग गर्ने भएको छ भने सहारा हङकङले नगद २ लाख र सहारा अष्ट्रेलियाले दोस्रो पुरस्कार वापतको रकम सहयोग गर्ने क्लबले जनाएको छ ।

टिकट दर

सहारा क्लव पोखराले यहि फागुन २२ गते बाट हुन लागेको प्रतियोगिताको टिकट दर समेत घोषणा गरेको छ । प्रतियोगिताको प्रि क्वाटर अर्थात पहिलो चरणका खेलका लागि १ सय, क्वाटर फाइनलका लागि १ सय ५०, सेमिफाइनलका लागि २ सय र फाइनल खेलको २ सय ५० रुपैया टिकट कायम गरेको हो । सिजनल टिकटका लागि १ हजार ५ सय तोकिएको छ ।

सहारा क्लवले पोखरा रंगशालाको सुविधाजनक रंगशालामा पहिलो पटक आहा रारा फुटबल आयोेजना गर्न लागको हो । क्याराभान सहित १९ औं सस्करण सम्म आइपुग्दा पोखरेली दर्शकले यस्तो सुविधाजनक स्टेडियममा खेल अवलोकन गर्ने पहिलो पटक मौका समेत पाउँदैछन ।

pokhara internet
Comments
Loading...