ICAS

पत्रकार महासङघको भवन क्वारेन्टाइनका लागि दिन तयार

पोखरा । पत्रकार महासंघ कास्कीको भवन आवश्यक परेको खण्डमा क्वारेन्टाइनका लागि दिन तयार रहेको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताएका छन् । उनले भनेका छन्- ‘महासंघ सरकारलाई आवश्यक परे महासंघको भवन क्वारेन्टाइन प्रयोजनका लागि निशर्त दिन तयार छौं ।’ साथै यस्तो अवस्थामा सर्व साधारणलाई घर भित्रै सुरक्षित साथ बस्न र बिदेशबाट घर फर्किएकाहरुलाई आज्ञाकारी बनि अनिवार्य सेल्फ होम क्वारेन्टाइनमा बस्न जनचेतना जगाउने अभियानमा लाग्न पनि अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

उनले पत्रकारलाई ईकिंत गर्दै भनेका छन् ‘बिषम् परिश्थितिमा पनि तपाईंहरुको फिल्ड रिपोर्टिङ प्रतिको जुझारुपना र पेशाप्रतिको समर्पण र लगावप्रति सलाम ब्यक्त गर्दछौं । तर यस्तो बेला रिपोर्टिङमा जॉंदा पूर्ण सुरक्षा सतर्कता अपनाउनुहोस् ।’ अरुबेला जस्तो फिल्डमै जान भन्दा पनि बैकल्पिक उपाय अपनाउन आग्रह उनले गरेका छन् । आफु सुरक्षित रहि जिम्मेवार ढंगले गरिने पत्रकारितालाई जोड दिनुपर्ने उनको भनाई थियो

pokhara internet
Comments
Loading...