कोरोना कहरका बाबजुत दशैंमा अस्ट्रेलियाको तास्मानियामा आमा प्रदर्शन

पोखरा / 

कोरोना भाइरसका कारण विश्वकै चलचित्र उद्योगमा असर पुगेको बेला नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा अस्ट्रेलियाको तास्मानियामा नेपाल कथानक चलचित्र आमा प्रदर्शन भएको छ ।

एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा २० गते मंगलबार चलचित्र प्रदर्शन भएको होे ।

ICAS

अहिलेको अवस्था जे जस्तो भएपनि यस विषम परिस्थितीबाट माथि उठनुपर्छ भन्ने सकारात्मक सन्देश दिने गरी चलचित्र प्रदर्शन गरिएकोे इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताए ।

उनका अनुसार नेपालमा पनि सामाकिज सूरक्षाका मापदण्डलाई अवलम्बन गर्दै चलचित्र हलहरु संचालन गर्न सकिने बताएका छन् । अस्ट्रेलियाको उदाहरण दिँदै अधिकारीले अब कोरोनासँगै जिउनुपर्ने अवस्था रहेको बताए । सँधै समस्या पर्यो भनेर बसिरहनुभन्दा विस्तारै लयमा फर्किनु उचित हुने उनको तर्क छ ।

अस्ट्रेलियामा आमा हेर्नेको लहर लागेको उनले जानकारी गराए । भूटानी नागरिकले समेत आमा हेरेर प्रतिक्रिया दिएको उनले बताए । आमा नेपालमा प्रदर्शन भएको केही समय भएको थियो । प्रदर्शन राम्रै हुँदै थियो कोभिड १९ को प्रभाव पर्यो । उसो त हलहरु बन्द हुँदा अधिकांश रिलिज डेट लिएर बसेका चलचित्रहरु हाल पेण्डिङमा छन् । यता अधिकारी चलचित्र आमा अस्ट्रेलियामा प्रदर्शन गरिरहेका छन् ।

दिपेन्द्र कुमार खनालको कथा तथा निर्देशनमा निर्माण भएको आमामा सुरुक्षा पन्त, मिथिला शर्मा लगायतका कलाकारको जीवन्त अभिनय रहेको छ ।

pokhara internet
Comments
Loading...