NMB Bank

फेवा किनारामा अन्तराष्ट्रिय कला प्रदर्शनी

पोखरा/फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तराष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनी भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ विदेशी कलाकार र पोखराका नौ कलाकारको संयुक्त प्रदर्शनी गरिएको छ ।

नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार बिहानदेखि बेलुकासम्म प्रदर्शनी अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । नेपालीहरूको महान चाड दशैँको अवसर पारी आयोजित प्रदर्शनीमा २० कलाकारका ३३ कलाकृति राखिएका उनले जानकारी दिए ।
रासस

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?