NTHMC

व्यापार मेलामा एसटी क्रियशनद्धारा फेशन शो (फोटो सहित )

पोखरा / समृद्धि स्टिल राष्ट्रिय औद्योगिक व्यापार मेला भर्खरै सम्पन्न भएको छ । उक्त मेलामा एसटी क्रियशनद्वारा फेशन शो प्रस्तुत गरिएको थियो । गएको शुक्रबार भएको फेशन शोमा गण्डकी प्रदेशका १४ जना सुन्दरीहरु र्याम्पमा उत्रिए ।

पोखरा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा फेशन नाइट विशेष रहेको सांस्कृतिक संयोजक सोभित पौडेलले जानकारी गराए । उक्त फेशन शोमा दुइ भिन्न भिन्न थिममा मोडलहरुले प्रस्तुति दिएका थिए । पहिलो थिममा ‘सयौँ थरी बाजा एउटै ताल’ भन्ने स्लोगन सहित विभिन्न जातजातीहरुको भेषभूषालाई प्रदर्शन गरिएको थियो । उक्त पहिरनलाई स्टार स्टुडियोले सहकार्य गरेको थियो ।

roma

ICAS

इभिनिङ गाउन्डमा मोडलहरु र्याम्पमा उत्रिदा दर्शक निकै उत्साहित देखिन्थे । डिजाइनर सिर्जना श्रेष्ठले डिजाइन गरेको भिन्न भिन्न गाउन्डमा मोडलहरु र्याम्पमा उत्रिए । व्यापार मेलामा राखिएको फेशन शो आफुलाई चित्त बुझ्दो भएको एसटी क्रियशन म्यानेजमेन्ट प्रालीका निर्देशक सुरज थापाले बताए । उनका अनुसार मोडलहरुको प्रस्तुति प्रशंसनिय रहयो ।

parichay

फेशन शो सँगै उक्त दिन गायक सन्तोष बस्यालले दर्शक झुमाए भने बिजी एरोबिक एण्ड डान्स एकेडेमीका कलाकारले आर्कषक नृत्य प्रस्तुत गरेका थिए । र्याम्पमा रोशनी ढकाल, श्रेया महर्जन, सनम गर्बुजा, मोनीका नेपाली, रजिना सुवेदी, सन्ध्या गुरुङ, सानिया पुन, सिम्रन क्षेत्री, स्मीता सुनार, सोनू खत्री, उसा पुन, सुस्मिता गौचन, स्मृती सेन्चुरी, साधना शर्माको प्रस्तुति थियो । उनीहरुलाई सुस्मिता पुन मगरले कोरियोग्राफी गरेकी थिइन भने गुरुङ ब्युटी पार्लरले मेकअपमा सहयोग गरेको थियो ।

करिब दुइ घण्टा सम्म चलेको कार्यक्रमलाई सञ्चारकर्मी इनिशा दुरा र सुरज थापाले सञ्चालन गरेका थिए ।

तस्बिर : सिजन थापा मगर (एसटी फोटोग्राफी)

 

pokhara internet
Comments
Loading...