NMB Bank

आर्थिक हिसावले विपन्न विद्यार्थीका लागि “फल क्याम्प”

सन्तोष बस्याल

पोखरा/आर्थिक हिसावले विपन्न परिवारका विद्यार्थीहरुका लागि ‘फल क्याम्प’ को आयोजना गरिने भएको छ । असोज २६ देखि २९ गते सम्म ‘फल क्याम्प’ को आयोजना गरिएको आयोजक ‘मेरो ड्रिम’ ले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

‘मेरो ड्रिम’ नेपालका विद्दमान दुई समस्या बौदिक निर्यातिकरण र शैक्षिक तथा उद्योग बिचको खाडलले निम्त्याएका विविध समस्याहरुलाई पहिचान गरेर समाधानका लागि विभिन्न कार्यगर्दै आइरहेको संस्था हो ।

उक्त कार्यक्रम नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको मेरो ड्रिमको दाबी छ । फल क्याम्पमा कक्षा ९ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुले आवेदन दिन पाउने सञ्चालक संजय भण्डारीले बताए । उनका अनुसार छनोटमा परेका ३० जना विद्यार्थीलाई क्याम्पमा सहभागी गराइने छ ।

व्यवहारिक ज्ञानको कमी महसुस हुँदै गरेको नेपाली नयाँ पुस्तामा यस किसिमका कार्यक्रमहरुले ठुलो योगदान पुर्याउने विश्वास गरिएको छ । नेपाल पर्यटन वर्ष २०२० मा लक्षित क्याम्पमा विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका अगुवा तथा विज्ञहरुले रमणीय र हराभरा वातावरणको प्रांगणमा, विविध नयाँ कुराहरु सिकाउने छन ।

व्यक्तित्व विकास, साधना, आध्यात्मिक ज्ञान, अन्तरिक्ष, ग्रह तथा उपग्रहको टेलिस्कोपद्वारा अवलोकन, हिम श्रृंखला र हिमाली जीवन अनि संस्कारको ज्ञान, विविध मनोरञ्जनात्मक क्रियाकलाप क्याम्पका मुख्य आकर्षण रहेको भण्डारीले बताए ।

क्याम्पको प्रमुख गन्तव्यको रुपमा ‘कफुचे ताल’ रहनेछ । पोखराबाट क्याम्पको सुरुभई सिक्लेस, पार्चे हुँदै हुगु गोठ देखि कफुचे हिमताल पुगी क्याम्प टोली उही बाटो फर्कने छ । कार्यक्रमलाई सफल पार्न ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल टान, नेपाल पर्यटन बोर्ड तथा फार्स मोटोर्स ले साथ दिने बताइएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?