किसान रुने देशको कुनै सान हुँदैन

सम्पादकीय /

खेतमा धान पसायो, मल आएन । ६६ प्रतिशत जनसङ्ख्या पूर्णकालीन किसान भएको देश यसघडी मल अभावले आक्रान्त छ । किसानको मन पोलेको छ र आँखामा नुनिला आँशु जमेका छन् । वर्षौंदेखि राज्यको नीतिले कृषिजन्य जैविक विविधताको आशिर्वाद र अथाह सम्भावना कुल्चँदै आयो र किसानलाई कहिल्यै खुशी राख्न सकेन । किसानको हितलाई ध्यानमा राखेर यो राज्यले कहिल्यै दीर्घकालीन योजना बनाएन । परिणाम, किसान नरोएको कुनै वर्ष छैन । किसानलाई नरुवाएको कुनै सरकार छैन ।

roma

जगजाहेर छ, सरकार आमनागरिकको जीवन र जीविकासँग कुनै सरोकार राख्दैन । जनताको नोकर हुनुपर्ने लोकतान्त्रिक सरकार बिचौलियाहरूको सेवक हुन पुगेको छ । हरेक संस्थाहरूप्रति आमविश्वास मरिसकेको जान्दाजान्दै पनि सरकार त्यो विश्वास ब्युँताउन चाहँदैन । भएका वा गरिएका गल्तीहरू सुधार्ने प्रयास गर्दैन । एउटै वाक्यमा भन्ने हो भने, यो सरकार नागरिकलाई नागरिक मान्दैन । राष्ट्रिय आम्दानीमा कृषकको भूमिका स्वीकार्दैन । किसानसँगै हाँस्न र किसानसँगै रुन पनि जान्दैन । हिजोलाई दोष थोपरेर नाक ठाडो पार्नु अल्पमतिहरूको परिचय हो ।

ICAS

कोभिड १९ ले सिर्जेको चरम सङ्कटमा किसान मल मागिरहेका छन् । आमनागरिक राहत मागिरहेको छ । सरकार करको बहानामा उल्टै नागरिकसँग राहत माग्दै छ । देशवासीको जीवन र जीविका सरकारको प्राथमिकतामा छ भन्ने कुरा सरकारको व्यवहारले देखाउँदैन । उडन्ते गफ लगाउने बानी परेको सरकार आशा देखाउँछ तर बचन पूरा गर्दैन । गर्न नसक्ने काम ग्यारेन्टी गर्छु भन्नु अपराध नै हो । सरकारले झूठो कसम खाएर किसानलाई धोखा दिएको छ । झूठो कसम र प्रतिज्ञाको सिलसिलामा “पैंचोको मल” नयाँ नमुना हो ।

माक्र्सवादी विचारका ज्ञाता समाजवादको मर्म बोध गरेका भुसालले कृषि पेसा सुधार्न पाँचवटा योजना ल्याएका थिए । कृषि सामाग्रीमा अनुदान दिने, सबै किसान कहाँ प्राविधिक सेवा पु¥याउने, सस्तो र सुलभ कृषि ऋण दिने, बाली तथा पशुपङ्क्षीको बिमा गर्ने र न्युनतम बचतको ग्यारेन्टी गर्ने तर योजनाले हावा खायो र उनी मार्सीवादमा फसे । किसानका आँशुलाई सम्बोधन गर्न पनि कमसेकम उनले सार्वजनिक रूपमा माफी माग्ने साहस गर्नुपर्छ ।

देशवासीको जीवन र जीविका सरकारको प्राथमिकतामा छ भन्ने कुरा सरकारको व्यवहारले देखाउँदैन । उडन्ते गफ लगाउने बानी परेको सरकार आशा देखाउँछ तर बचन पूरा गर्दैन । गर्न नसक्ने काम ग्यारेन्टी गर्छु भन्नु अपराध नै हो । सरकारले झूठो कसम खाएर किसानलाई धोखा दिएको छ । झूठो कसम र प्रतिज्ञाको सिलसिलामा “पैंचोको मल” नयाँ नमुना हो ।

भोकभोकै किसान मार्ने कृषिप्रधान देशको कृषिमन्त्री घनश्याम भुसाल मल अभावलाई पनि कोरोनाकै कम्मल ओढाएर उम्कँदै छन् । कोरोनाको भूत देखाएर आफ्नो गैरजिम्मेवारी र कमजोरी सजिलै लुकाउन खोजिरहेका भुसालको प्रगतिशील व्यक्तित्व किसानका लागि हात्ति आयो हात्ति आयो फुस्स सिद्ध भएको छ । सलह आतङ्कको याम उनले हेभी मेटल सङ्गीत बजाउने उपाय सुझाए र जग हसाए । खैर, यो अभावको सिलसिलामा यिनको मात्रै दोष छैन । भुसाल आफैं भन्छन्, यो मल अभावको कुरा हामीले बच्चैदेखि सुन्दै आएको कुरा हो । किसान सोध्छन्, नयाँ नेपाल पनि नाम मात्रै हो ?

सामान्य जीवनस्तरका खातिर खेतिकिसानी छोडेर लाखौं युवा परदेशिएका छन् । वर्षौंदेखि रेमिट्यान्सले सम्हालेको उपभोक्तावादी अभ्यास चरम उत्कर्षमा छ । किसानहरूको सङ्ख्या स्वतः खस्किरहेको छ । अर्थात् हाम्रो कृषिप्रधान देशमा कृषिक्षेत्र नै ओझेलमा छ । किसानहरू नै कष्टमा छन् । जुन देशमा किसान र शिक्षकको सम्मान हुँदैन, जुन देशको सरकार किसान र शिक्षकप्रति जिम्मेवार हुँदैन त्यो देश कहिल्यै समृद्ध र खुशी हुन सक्दैन । प्रधानमन्त्री ओलीको सुखी नेपाली समृद्ध नेपालको सपना कर्कलाको पानी जस्तो भएको छ । कुनै नागरिक भोकभोकै मर्नु पर्दैन भने पनि काठमाडौंको सडकमा टपरी थापेर भात खानु पर्ने कन्तविजोग विश्वले काँचको पर्दामा हेरिरहेको छ ।

parichay

भोकभोकै किसान मार्ने कृषिप्रधान देशको कृषिमन्त्री घनश्याम भुसाल मल अभावलाई पनि कोरोनाकै कम्मल ओढाएर उम्कँदै छन् । कोरोनाको भूत देखाएर आफ्नो गैरजिम्मेवारी र कमजोरी सजिलै लुकाउन खोजिरहेका भुसालको प्रगतिशील व्यक्तित्व किसानका लागि हात्ति आयो हात्ति आयो फुस्स सिद्ध भएको छ । सलह आतङ्कको याम उनले हेभी मेटल सङ्गीत बजाउने उपाय सुझाए र जग हसाए ।

पसाइसकेको धानमा मल हाल्न नपाएपछि हरेश खाएको किसानको मन कुँडिएको छ । कृषिप्रधान देशको क्रान्तिकारी सरकार किसानकै सम्मान गर्दैन । तर भोलि सरकारले आधुनिक कृषि क्रान्तिको ठूलै गफ लगाउन छोड्ने छैन । किसान र किसानीको हौसलाका लागि दीर्घकालीन योजना ल्याउनेवाला पनि छैन ।

कुनै पनि राष्ट्रको आर्थिक समृद्धि एवम् विकासको प्रक्रियामा कृषिक्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । राज्यको व्यवहारले यो भूमिकालाई तुच्छ मान्छ । राज्यको आधारभूत खाद्यान्न आपूर्तिको पहिलो र आधारभूत स्रोत राष्ट्रिय कृषि हो । सम्पूर्ण समृद्धिको जग पनि कृषि हो । कृषिमा समृद्धि हाँसिल नगरेसम्म अन्य समृद्धि नाराजन्य गफ मात्रै हुन् । आज शिखरमा रहेका औद्योगिक राष्ट्रहरू हिजो कृषिमा पसिना बगाउँदै थिए । विकासोन्मुख राष्ट्रहरूको पनि कथा त्यही हो ।

उत्पीडित समुदायमात्रै हुँदैन, पेशा पनि हुन्छ । त्यसो त हातमुख जोर्न गरिने हाम्रो कृषि पेशा बनिसकेको पनि छैन । खाद्यान्नको माग बढेको बढ्यै छ, उत्पादन घटेको घट्यै छ । अनि सरकारले हरेक वर्ष यस क्षेत्रलाई लात हान्छ, सँधैको चुनावमा बात मात्रै मार्छ । दक्षिण कोरियामा भोकमरी लाग्दा चामल पठाएको नेपालले अहिले आफ्नो भोकमरी टार्न युवालाई पठाएको छ ।

जुन देशमा किसान र शिक्षकको सम्मान हुँदैन, जुन देशको सरकार किसान र शिक्षकप्रति जिम्मेवार हुँदैन त्यो देश कहिल्यै समृद्ध र खुशी हुन सक्दैन । प्रधानमन्त्री ओलीको सुखी नेपाली समृद्ध नेपालको सपना कर्कलाको पानी जस्तो भएको छ । कुनै नागरिक भोकभोकै मर्नु पर्दैन भने पनि काठमाडौंको सडकमा टपरी थापेर भात खानु पर्ने कन्तविजोग विश्वले काँचको पर्दामा हेरिरहेको छ ।

जहिलेसम्म राष्ट्रिय उत्पादनले खाद्यान्नको राष्ट्रिय माग पूरा गर्न सक्दैन आर्थिक वृद्धि सुन्दर सपना मात्रै हो । कृषिले दिने रोजगारी राष्ट्रिय बेरोजगारको मिसनले दिन सक्दैन । कृषिको प्रगतिले सिर्जना गर्ने पूर्वाधार विकास अरू केही चिजले गर्न सक्दैन । कृषिले जति विदेशी मुद्रा आर्जन मानवश्रमले कहिल्यै गर्न सक्दैन । हो, हाम्रो उत्पादनले कच्चापदार्थ उपलब्ध गराउन नसकुञ्जेल कृषिमा आधारित उद्योग धन्दा चल्ने चलाउने चुनावी एजेन्डा मात्रै हुन् । त्यस्ता उद्योगहरू विनाको बलियो राष्ट्रिय अर्थतन्त्र र समृद्धि स्वैरकल्पना मात्रै हो ।

किसानहरू धानका गाँजमा हाल्ने मलका लागि लाम लागेका छन् । हरेक चिजका लागि लाइन लाग्नु नेपालीको वाध्यता नै बनेको छ । नेपालको खरिद ऐन त्रुटीपूर्ण छ । खरिद प्रक्रिया सरलीकृत छैन् । आपूर्तिको समस्या सधैं उस्तै छ । वितरण प्रणालीमा ठूलो घुसपैठ छ । टेण्डर प्रक्रिया पुसमा गर्नुपर्ने थियो तर सूर्यमुखी सरकारले न्यानो घाम तापेर समय वितायो । ८ लाख मेट्रिक टन मलको आवश्यकता पूरा नहुँदा १२ लाख मेट्रिक टन धान उत्पादनमा नोक्सान हुने छ । यसले भातमरी होइन भोकमरी निम्त्याउने छ । बङ्गलादेशसँग ५० हजार मेट्रिक टन मल पैचौं माग्नु यसैको नियती हो ।

कुराले मात्रै कल्चौडाको दूध कचौरामा आउँदैन । अब, अर्गानिक बीऊबिजन जोगाउन र प्राङ्गारिक मल उत्पादन गर्न उत्साहित पार्ने योजना ल्याउनै पर्छ । अधिक उत्पादनको आयातका लागि बजार खोजिदिने, व्यवस्थापन गरिदिने र नीतिगत संरक्षण गर्ने साँचो कसम खानै पर्छ । आउने खेतीको याममा किसानले फेरि रुन नपर्ने कार्ययोजना आउनै पर्छ । सरकारले हलो जोत्ने किसानको भलो गर्नुपर्छ ।

pokhara internet
Comments
Loading...