NTHMC

कोरोनालाई काबुमा राख

सम्पादकीय /

कोरोना भाइरस संसारभर यो वर्षभरि नै घुमफिर गर्ने छाँटकाँटमा देखिएको छ । नेपाल अहिलेसम्म न्युन जोखिममा रहेको छ । कोरोनालाई काबुमा राख्न अब पनि सरकार चुक्यो भने यसको मूल्य चर्को पर्नेछ । महाव्याधीको बेला बजार खोल्न पाइएन भनेर रोइलो गर्ने उद्योगी व्यवसायीले लकडाउन अवज्ञा गर्ने चुनौती सरकारलाई दिँदा भावी दिनमा यसको प्रभाव कस्तो होला भनेर सामान्य आङ्कलन गर्ने बुद्धि विवेक समेत गुमाए ।

roma

लकडाउनले अर्थतन्त्र चौपट भयो भनेर अन्त्य गरियो । तर कोरोना सङ्क्रमण रोकथाम नियन्त्रणभन्दा बाहिर जाने तरखरमा छ । मानिसको आवात जावत, बजार, सरकारी कार्यालय, व्यवसाय, सार्वजनिक यातायात, होटल रेस्टुरेन्ट खुला गरियो । गरिखाने वर्गलाई भोकको तनाव छ । जीविका चलाउने माध्यमलाई सञ्चालन गर्न लागेका छन् । जनजीवन लय र लिपि समात्न अझै केही समय लाग्ने पक्का छ ।

ICAS

सरकारी तौर तरिका सही नहुँदा र रोकथामको कार्यविधि गतिलो र प्रभावकारी नबन्दा लकडाउन नागरिकका लागि सास्ती भएको यथार्थ नकार्नै सकिदैन् । लकडाउन त खुल्यो तर सङ्क्रमण र मृत्युको ग्राफ बढ्यो । परीक्षण घटाएर सङ्क्रमितको सङ्ख्या कम देखाइए पनि यसले नागरिक तहलाई विस्वस्त बनाउन सकेको छैन् । ‘ट्राभल हिस्ट्री’ र यात्रा विवरण नभएकामा पनि सङ्क्रमण देखिनु जोखिमको मात्रा बढ्नु हो ।

समयको मोडसँगै कोरोनाले आफ्नो रङ फेर्न थालेको छ । स्वास्थ्य मन्त्रालय कोरोना समुदायमा पुगिसकेको मान्न तयार छैन् । तर विज्ञहरू कोरोना भाइरस समुदायम पुगेको दावी गर्छन् । आधिकारिकता के हो र होइन नागरिक असमानजस्यतामा फेसेका छन् । ओखतीमा कमिशन र स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार गरेर बद्नाम भएको स्वास्थ्य मन्त्रालय आरोपलाई कोरोनापछि छानविन गरौंला भनेर अनुहारको कालो छोप्न माक्स लाएर बसेको छ । सरकार नागरिकको जीब्रोलाई नियन्त्रण गर्ने दुस्साहस गर्छ । जे गर्नुपर्ने हो त्यो नगरी नगर्नु पर्ने कामकाज गरेर तोरी लाउरे पारा देखाइरहेको छ ।

भारतसँग मनमुटाव चलिरहेका बेला खुल्ला सिमानाका कारण लुकीछिपी भारतीय कामदारहरू कामका लागि नेपाल भित्रिएका छन् । मुलुकको विभिन्न ठाउँमा कोरोना सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । यसले क्षेत्रगत, समूहगत र समुदायस्तरमा प्रभाव पारिरहेको छ । नयाँ नयाँ ठाउँमा सङ्क्रमणको केन्द्र देखापरिहेको छ । अग्रभागमा काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको समूहमा कोरोनाले मनोवैज्ञानिक आतङ्क सिर्जना गरिसकेको छ । घरपरिवारका सदस्यले फोन घुमाएर ‘जागिर र नोकरी छोड ज्यान बचाऊ’ भन्ने वाक्य उच्चारण गरिसकेका छन् । सम्पर्क पहिचान र परीक्षण गर्ने काम झिनो औपचारिकताका लागि मात्रै गरिएको छ ।

parichay

कोरोना कोबाट कसमा सर्‍यो कसले कसलाई सार्‍यो भन्ने कुराको एकिन नहुँदासम्म भद्रगोलको अवस्था रहिरहनेछ । लक्षण नदेखिएको सङ्क्रमितले आफ्नो सम्पर्कमा आएका मानिसलाई जोखिममा राखिरहेको हुन्छ । कोरोनाले आफ्नो चारित्रिक आयाम र आयातन विस्तारित रूपमा फैलाएको छ । लकडाउन खुलेपछि नै महामारीको आरम्भ भएको अनुमान लगाउन थालिएको छ । अस्तपातको हालत यति निर्धो र नाजुक होला भन्ने कसैले कल्पना पनि गरेका थिएनन् ।

चार महिना लकडाउन गरेर सरकार कोरानासँग लड्नु पर्ने थियो तर कुर्सीका लागि मोलाहिज्जा गरेर बस्यो । जनस्वास्थ्यलाई पहिलो प्राथमितामा राख्ने इच्छाशक्ति र कार्यविधिमा जाँगर चलेन । सरकारी लापरवाही यस्तै पाराले कायम रह्यो भने भोलि माफी माग्ने छुट पनि पाउने छैनन् । नागरिकले भारी मत दिएर बनेको शक्तिशाली सरकारको काम यति कमजोर होला भनेर स्वयम् सम्बन्धित दलका नेताले पनि सोचेका थिएनन् होला ।

ओखतीमा कमिशन र स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार गरेर बद्नाम भएको स्वास्थ्य मन्त्रालय आरोपलाई कोरोनापछि छानविन गरौंला भनेर अनुहारको कालो छोप्न माक्स लाएर बसेको छ । सरकार नागरिकको जीब्रोलाई नियन्त्रण गर्ने दुस्साहस गर्छ । जे गर्नुपर्ने हो त्यो नगरी नगर्नु पर्ने कामकाज गरेर तोरी लाउरे पारा देखाइरहेको छ ।

गाउँघर र मोफसलका बजार यसै त्रसित छन् कमसेकम राजधानी कोरोनाको केन्द्र नबनोस भन्ने चाहना नेतृत्वले राखिदिनु पर्‍यो । आज सुरक्षित मानिएको नेतृत्व र पहुँचमा रहेका वर्ग भोलि सङ्क्रमित नहोलान् भन्न सकिदैन् । यो पुष्टी भएको सत्य हो, शक्तिशाली राष्ट्रका प्रमुख र कार्यकारीलाई पनि कोरोनाले पदीय हिसावमा चिनेन् । लोकतन्त्रको हवाला दिने सरकारले व्यक्तिगत विवेक र निजी स्वार्थमा चल्नु किमार्थ सुहाउने कुरा होइन । शासन व्यवस्था बहुजन हितायमा आधारित हुनुपर्छ । आसेपासे र आफन्तीको परीक्षण गरेर मात्रै सरकार ढुक्क हुने अवस्थामा पुग्नु विड्म्बना सावित हुनेछ ।

कानुनी घेरोभन्दा बाहिरबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बनाएर प्रकोप व्यवस्थापन गर्ने प्राधिकरणको खिल्ली उडाएर आफ्नै अनुहार देखाउने रक्षामन्त्री र बन्दुक चलाउने अख्तियारी पाएको सेनालाई स्वास्थ्य सामाग्री किन्न लगाउने स्वास्थ्यमन्त्रीको नाडी समयले छामिसकेको छ । विरोधको बतास चल्दा मन्त्रीको नौनाडी गल्नु यसैको उपज हो । दवाइमुलो र ओखतीको गोली किन्नु पर्ने सरकार जिटुजी मार्फत् अमेरिकासँग १० हजार थान राइफल र गोली किन्ने निर्णय गर्छ । काठमाडौंबाट कर्णाली हिड्नु पर्ने सरकार ठिमीतिर हिँडिरहेको छ ।
सरकारी घोषणामा दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने भनिए पनि परिक्षण ५ हजारसम्म पनि पुगेको छैन । यसैको आधारमा दैनिक २ सयको हाराहारीमा सङ्क्रमित देखिनु थोरै भएकाले नै परीक्षणको दायरा बढाउन नागरिकले दवाव दिएका हुन् । यो दवावलाई आलटाल गरियो भने परिस्थिति सरकारको काबु बाहिर जाने निश्चित छ । जोखिमग्रस्त क्षेत्रमा परीक्षणको दायरा बढाएर महामारी नियन्त्रण गर्न सकारले चासो देखाउन अझै पनि ढिलो गर्नु हुँदैन । हिजो जे भयो सो भयो कमसेकम अव त चेतना लिनु पर्‍यो । विश्व समुदायलाई हेरेर भए पाठ सिक्नु पर्‍यो ।

लकडाउन अन्त्य हुनसाथ सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले समुदायस्तरमा परीक्षण गर्न आनकान गर्नै हुँदैन् । यो ढिलो हुँदा निको हुने रोग होइन अविलम्व परीक्षण गरेर रोकथाम र नियन्त्रणका कदम चाल्ने प्रकृतिको महाव्याधी हो । महाव्याधीलाई नियन्त्रण गर्न सक्नु नै सफलताको सूचक हुनेछ । आखिर नागरिक बाँचे नै भोलि चुनावमा नाच्ने हुन् ।

pokhara internet
Comments
Loading...