NTHMC

आफ्नो सुरक्षा आफै गरौं

सम्पादकीय । 
कोभिड–१९ को महामारीले निम्त्याएको ४ महिना लामो लकडाउन साउन ७ गतेको बिहानदेखि सकिएको सरकारले घोषणा गर्‍यो । जनजीवन हेर्दा लकडाउन खुलेकोमा खुशीयाली नै मनाएको भान हुन्छ । रोगले भन्दा पनि गरिखाने वर्ग भोकले मरिन्छ कि भन्ने दोसाँधमा उभिएको बेला लकडाउन अन्त्यले आशा छाउनु अन्यथा होइन । महामारीको नियन्त्रणका निम्ति लकडाउन घोषणा गरियो । जसले सजग र सतर्क रहने सन्देश दिँदै सङ्क्रमणलाई थमौती गर्‍यो । आवातजावतमा कडीकडाउ गरेकै कारण स्थिति भयावह हुन पाएन, सरकारले थप चुनौती सामाना गर्नु परेन ।

बन्दाबन्दी अन्त्यपछि राजधानी लगायत देशका प्रमुख सहरमा मान्छे ह्वात्तै निस्किए । सडकमा सवारी साधन भरिभराउ देखियो । मानाैं कोरोना भाइरससँगको युद्ध जितेर विजयोत्सव मनाएको जस्तो लाग्छ । वास्तवमा लकडाउन अन्त्य भए पनि महामारीको स्थिति पूर्ण नियन्त्रमा आइसकेको छैन् । परीक्षणको दायरा बढ्को छैन् । दैनिक सयभन्दा बढी सङ्क्रकित देखिइरहेका छन् । ४४ जनाको ज्यान कोरोनाले लियो । १८ हजारभन्दा बढी सङ्क्रमित छन् । अपेक्षाभन्दा कम देखिएकै कारण मन बुझाउने ठाउँ छ । समुदायमा महामारी पुग्यो वा पुगेन ज्ञात भइसकेको छैन् । सरकार तथ्यमा आधारित हुनुपर्ने देखिन्छ ।

roma

लकडाउन खुलेको हल्ला गरेर रमाइलो गर्ने समय अझै आइसकेको छैन् । सरकारले महामारी नियन्त्रणका लागि काम गर्ने तरिका बदल्नु वाञ्छनीय छ । सन्तोष मानेर बस्ने भन्दा पनि आसन्न सङ्कटलाई कसरी हल गर्ने भनेर तयारी गर्न जाँगर चलाउनु पर्छ । यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ, जसले नागरिकको सुरक्षामा चासो र चिन्ता लिन्छ भन्ने सन्देश दिनुपर्छ ।

ICAS

कोरोना भाइरस तुरुन्तै सकिने जिनिस होइन रहेछ भन्ने ज्ञान प्रांप्त भइसकेको छ । समुदाय पस्ने र दोस्रो लहरमा फर्किन पनि सक्छ । अब कोरानासँग सहकार्य र संझौता गर्दै दैनिकी चलाउनुको विकल्प छैन् । खोप बन्ने र लगाउने समयको पर्खाइमा रहँदै सङ्कटमा सास फेर्ने र बाँच्ने कला सिक्नु अपरीहार्य बनेको छ । सरकारले नागरिकका केही गरेन भन्नु भन्दा नागरिकले सरकारका लागि केही गरिदिनु पर्ने अवस्था सिर्जना भएको छ । अब आफ्नो सुरक्षा आफै गर्ने संस्कारको विकास आवश्यक छ । सावधानी अप्नाउँदै सतर्क रहनु नै बुद्धिमता देखिन्छ ।

parichay

लकडाउन समाप्त भएपछि माक्स लगाउने टन्टो, साबुन पानीले हात धुने झण्झट, भौतिक दूरीमा बस्ने चिन्ता, स्यानीटाइजर दल्ने लफडा जस्ता लञ्जोफञ्जो कामबाट मुक्त भइयो भन्ने मानसिकताबाट नागरिक माथि उठ्नै पर्छ ।

शिथिल भएको अर्थतन्त्र लयमा फर्काउन पनि खुकुलोपन आवश्यक थियो । कोरोना कहरभन्दा आर्थिक मन्दी धेरै खतरनाक हुने अवस्था थियो । सवारी साधन र आवात जावतले बजारलाई गतिशिल बनाउने हुँदा लकडाउन अन्त्य जरुरी थियो । यद्यपि यो सङ्क्रमण समाप्त भएको सङ्केत होइन । सुरक्षित रहन सतर्कता अप्नाएर कोरोनासँग हातेमालो गर्दै अगाडि बढ्नु समयको माग सावित भएको छ ।

चीनले खराब परिस्थितिलाई समयमै नियन्त्रण गर्‍यो । अहिले खोप बनाउन दत्तचित्तले लागेको छ । उत्ता महाशक्तिशाली राष्ट्र अमेरिकालाई कोरोनाले सर्वाधिक गाँजेको छ । १ लाख ५० हजारको हाराहारीमा मृत्यु संख्या पुग्न लागेको छ । ४० लाख सङ्क्रमित देएिका छन् । एकै दिन ६८ हजार सङ्क्रमित थपिएका छन् । दैनिक हजार मान्छेको जीवन कोरोनाले लिइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालय क्षेत्र खुल्ला गर्न जोड गरिरहँदा महामारीको आगो झन् दन्किएको छ । हामीले अरूको देखेर आफूले चेतना लिनुपर्ने र पाठ सिक्नु पर्ने बेला आइसकेको छ । पछाडिको २ कदम हेर्नुभन्दा अगाडिको ४ कदम हेर्न सरकारले ध्यान दिनुपर्छ ।

लकडाउन समाप्त भएपछि माक्स लगाउने टन्टो, साबुन पानीले हात धुने झण्झट, भौतिक दूरीमा बस्ने चिन्ता, स्यानीटाइजर दल्ने लफडा जस्ता लञ्जोफञ्जो कामबाट मुक्त भइयो भन्ने मानसिकताबाट नागरिक माथि उठ्नै पर्छ । सरकार घरमै आएर नागरिकको सुरक्षा गर्दैन् आफैले गर्ने हो भन्ने धारणाको विकास गर्नुपर्छ । सावधानीका लागि गरिने काम अरूका लागि होइन आफ्नै लागि हो भन्ने संस्कारको विकास गर्न चुक्नु हुँदैन् । यो सरकारी उर्दीले भन्दा पनि सामूहिक चेतनाले निर्माण गर्ने काम हो । सार्वजनिक स्थलमा देखिने भीड नियन्त्रणका लागि प्रहरी जवान र लौरो होइन सुरक्षित रहने सन्देश निरन्तर जारी गर्नुपर्छ । ठूलाले बानी बसाले भने नानीले पनि संस्कार सिक्छन् । नानीले संस्कार सिके भने ठूलालाई पनि जरुर सिकाउँछन् ।

pokhara internet
Comments
Loading...