Parichay add

‘कोरोना कहरबीच चीनमा देखिएका यी दृश्य, जुन नेपालका लागि प्रेरणा बन्न सक्छ’

डा. रामचन्द्र लामिछाने

पोखरा /

roma

जीवन अस्तव्यस्त भएको थियो । दुई हप्ता भइसक्दा कोरोना सुनिश्चित भएका केशहरू लगातार बढिरहेका थिए । उवानका अस्पतालहरूमा भिडभाड थियो । जनमानसमा सन्त्रास थियो । मानिसहरू घरभित्र नै थुनिएका थिए । विस्तारै जनजीवन असहज भइरहेको थियो । सरकार यस समस्याबाट पार पाउन हर सम्भव प्रयास गरिरहेको थियो । सरकार, नागरिक, जनसमुदाय एक भएर यस माहामारीविरुद्ध लडिरहेका थिए । यस लडाइँ कुन अस्त्रले के काम गर्दछ भन्ने सबैमा अन्यौलता थियो । लकडाउन विस्तारै शुरू भएको थियो । संसार भरीका सञ्चारमाध्यमहरूले कम वास्तविकता बढी अड्कलबाजी र नकारात्मक एंगलबाट समाचारहरू संप्रेषण गरिरहेका थिए । मानौं सञ्चार जगतको काम नै अवस्थाको नकारात्मक चित्रण गरेर मानिसहरूलार्ई निराशा तुल्याउन हो र बाँच्ने हिम्मत सिध्याउनु हो । कोरोनाको कारणभन्दा धेरै गुणा समाजमा सञ्चार माध्यमहरूले नैराश्य फैलाएका छन् । जतिबेला उवानमा भाइरस संक्रमणको खबरहरू प्रसारित भएका थिए नेपालीहरू त्यहाँ अध्ययनरत विद्यार्थीहरूको बारेमा चिन्तित थिए । विभिन्न देशहरूले आफ्ना नागरिकहरूलार्ई उद्धार गरेपछि नेपाल सरकारले पनि स-सम्मान नेपाली नागरिकहरूको उद्धार गरेर कोरोनाप्रति नेपाली समाज सजग र सरकार संवेदनशील रहेको उत्साहजनक सन्देश प्रवाह गरेको थियो ।

ICAS

उवानको संकट समाधान गर्न चिनियाँ सरकारको आव्हानलार्ई हर नागरिक र सबै प्रकारका संघसंस्थाहरूले अत्यन्तै जिम्मेवारीका साथ साथ दिए र संसारलार्ई आक्रन्त पारिरहेको भाइरसलार्ई उनीहरूले भने मुहानमा नै सीमित बनाइदिए । उवानमा कोरोनाको पुष्टि भएपछि एकप्रकारको हाहाकार सिर्जना भयो भने अन्तर्राष्ट्रियस्तरमा चीनको बारेमा निकै नकारात्मक टिप्णीहरू भए । विश्वभर चीनको नकारात्मक छवी निर्माण हुन सक्छ भन्दै चिनियाँ सञ्चारमाध्यमहरू र नागरिकहरूले चीनमा भइरहेका प्रयासहरू सार्वजनिक गरिरहे । राष्ट्रको गरिमा कायमा राख्न नागरिकहरूले संसारभरि फैलिएका आफ्ना निजी सञ्जालहरूलार्ई पनि प्रयोग गरेर निरन्तर जानकारी गराइरहे । एक दिन एशिया इन्स्टिच्युट अफ ब्रोडकास्टिङ एण्ड डेभलपमेन्ट मलेसियाका सेवा निवृत्त निर्देशक मित्र चाग जिनले वि चाटमा सन्देश पठाउँदै चीनमा के भइरहेको छ र कसरी चिनियाँ सरकार, नागरिक, डाक्टर, नर्स, व्यापारिक समुदायहरूले सहकार्यमा काम गरिरहेका छन् भन्ने बारेमा पत्रकार लि ले तयार गरेका अंग्रेजी समाचारहरू सम्प्रेषण गरेर मेरो निजी सामाजिक सञ्जाल तथा वेभसाइटमा पोस्ट गर्न अनुरोध गरे । उनको त्यो अनुरोधले संकटको बेला एक नागरिकले कसरी देशको पक्षमा काम गर्न पर्दोरहेछ र त्यो कति महत्वपूर्ण हुँदो रहेछ भन्ने महसूस गरायो । त्यसभन्दा पनि चिनियाँहरूको देश, नागरिक र देशको इज्जत प्रतिष्ठाको बारेमा सोच्ने शैली देखेर गज्जब लाग्यो र त्यसलार्ई अनुकरण गर्न मन लाग्यो । मित्र चागको अनुरोध स्वीकार गर्दै मैले सबै कथाहरू मेरो सामाजिक सञ्जाल र वेभसाइटमा पोस्ट गरें, जुन धेरै मित्रहरूले हेर्न सक्नु भयो । अहिले नेपालको अवस्था निकै दयनीय भएको र कोरोनाको बारेमा सरकारका प्रयासहरूलार्ई निकै नकारात्मक रूपमा प्रस्तुत गरिएका, नागरिकहरूले निकै हल्का तरिकाले यसलार्ई लिएको र जिम्मेवार निकायले निकै हचुवाको तालमा यससम्बन्धी रणनीतिहरू बनाएको अवस्थामा शुरूकै अवस्थामाचीनमा गरिएका प्रयासहरूको भावानुवाद गर्दै व्याख्या गर्न प्रयास गरेको छु । आशा छ यसबाट नेपाली पढ्ने र बुझ्नेहरूलार्ई त्यहाँको अनुभवबारे जान्न अवसर मिल्नेछ ।

यो भाइरसको प्रकृति नयाँ भएको र उपचार पद्धति पत्ता नलागिसकेको अवस्थामा चिनियाँ वैज्ञानिक डाक्टरहरूले विभिन्न परीक्षण गरिरहेको अवस्थामा यसको सरूवा गति नियन्त्रण गर्न लकडाउन विधि अपनाउन सरकारलार्ई सिफारिश गरे र २३ जनवरी २०२० मा चिनियाँ सरकारले लकडाउन घोषणा गरेर उच्च सावधानी अपनाउन नागरिकहरूलार्ई आव्हान गर्‍यो । नागरिकहरूले लकडाउनलार्ई पालना गर्दै संकट सामाधान गर्न सरकारको होस्टेमा हैंसे गरिनैरहे ।

एक जना ५५ वर्षीय वृद्धलार्ई पहिलो पटक नोभेम्बर १७ मा कोरोना भाइरस देखिएपछि यो फैलिएको थियो । जतिबेला चिनियाँहरू वसन्त ऋतुको चाड मनाउने तयारी गर्दै थिए तब यो भाइरस विद्धुतीय रफ्तारमा फैलिंदै थियो र चिनियाँ जनजीवनलार्ई अस्तव्यस्त बनाउँदै थियो । यो भाइरसको प्रकृति नयाँ भएको र उपचार पद्धति पत्ता नलागिसकेको अवस्थामा चिनियाँ वैज्ञानिक डाक्टरहरूले विभिन्न परीक्षण गरिरहेको अवस्थामा यसको सरूवा गति नियन्त्रण गर्न लकडाउन विधि अपनाउन सरकारलार्ई सिफारिश गरे र २३ जनवरी २०२० मा चिनियाँ सरकारले लकडाउन घोषणा गरेर उच्च सावधानी अपनाउन नागरिकहरूलार्ई आव्हान गर्‍यो । नागरिकहरूले लकडाउनलार्ई पालना गर्दै संकट सामाधान गर्न सरकारको होस्टेमा हैंसे गरिनैरहे ।

बजार ठप्प थियो । जनजीवन गुजारा भइरहेको थियो । उवानको मेरियट होटल होन्कुमा वेइजिङ र संघाइबाट आएका चार सय जना डाक्टर र नर्सहरू बसेर स्थानीयहरूलार्ई सेवा दिइरहेका थिए । होटलमा बसेका डाक्टर र नर्सहरूलाई खुवाउन तरकारीको अभाव भइसकेको थियो । लुनार नयाँ वर्षको तेस्रो दिनमा एक जना किसान तीन चक्के टेम्पु चढेर आएर र होटलका कर्मचारीहरूलाई सोधे- यहाँ डाक्टर र नर्सहरू बस्नु भएको छ अरे मैले उहाँहरूको लागि आफ्नै बारीमा उमारेको २४ कार्टुन तरकारी लिएर आएकोछु कृपया राख्नुहोस् न ।

 

होटलका कर्मचारीहरूले तरकारी लिएर जब पैसा दिन खोजे तब किसान भावुक मुस्कानका साथ मैले यो बिक्री गर्न ल्याएको होइन आफ्नो ज्यानको पर्वाह नगरी हामी चिनियाँ जनताको स्वास्थ्य उपचारमा संलग्न ती महान् डाक्टर र नर्सहरूलाई सम्मान स्वरूप ऐक्यबद्धता गर्न ल्याएको हुँ । मलाई पैसा चाहिँदैन यो उहाँहरूले खाइदिए पुग्छ । यस्तो चारै तिर निराशाले गाँजेको बेलामा उहाँहरूको प्रयासले जीवनप्रति भरोसा जागेको छ । उनको कुरा सुनेर होटलका कर्मचारीहरू भावुक हुन्छन् ।

महानगरका बासिन्दा भएर ग्रामीणबासीहरूलार्ई धाक लगाउनेहरूले डाक्टरको घर र संक्रमितलाई गरेको व्यवहारलाई त घृणा गर्न पनि लायक रहेनछ । यस्तो महामारीमा कृत्रिम अभाव सिर्जना गरेर महंगी सिर्जना गर्ने व्यापारी नै कोरोनाका नाजायज सन्तान जस्तो लागेको छ ।

अत्यन्त हार्दिकताका साथ उनको बिदाई गर्दछन् । ती ग्रामीण किसानको चेतना, मानव समुदाय र आगामी पुस्ताप्रतिको जिम्मेवारी र समाजप्रतिको जवाफदेही नेपाली समाजको लागि निकै अनुकरणीय छ । जातीय, क्षेत्रीय तथा लैंगिक पक्षधरतामा बाँच्न चाहने हामी नेपालीहरू ती महान् चिनियाँ किसानको अगाडि पुडको भएको अनुभव भएको छ । जालझेल वा तिकडम गरेर शहरमा तीनचार आना जग्गामा घर बनाएर घरमालिक भएका र डाक्टर र नर्सलाई कोठाबाट निकाल्ने हाम्रा दाजुभाइहरूप्रति टिठ लागेको छ । महानगरका बासिन्दा भएर ग्रामीणबासीहरूलार्ई धाक लगाउनेहरूले डाक्टरको घर र संक्रमितलाई गरेको व्यवहारलाई त घृणा गर्न पनि लायक रहेनछ । यस्तो महामारीमा कृत्रिम अभाव सिर्जना गरेर महंगी सिर्जना गर्ने व्यापारी नै कोरोनाका नाजायज सन्तान जस्तो लागेको छ ।

जनवरी २ मा नानजीनको सुरक्षा चौकीमा एकजना मानिस पुलिस नजिकै गए । आफ्नो कारबाट एउटा बक्स निकालेर पुलिसलाई दिँदै भने यसमा मैले तपाईंहरूको लागि टर्कीबाट केही मगाएको छु कृपया स्वीकारनुहोस् न । जब पुलिसले बक्स खोलेर हेर्छन् बक्स भरी एन ९५ मास्क देखेर भावुक हुँदै सोध्छन्- सर तपाईंको नाम के हो । जवाफमा उनी पुलिसतिर हेर्दै एकदम हार्दिकताका साथ भन्छन्- सर म एकजना चाइनिज हुँ, मात्र चाइनिज । उनको कुरा सुनेर पुलिस भन्छन्- यस संकटको सामना गर्न तपाईंहरूले देखाउनु भएको हार्दिकता नै अनुकरणीय छ. हामी त्यसको उच्च प्रशंसा गर्न चाहान्छौं र चिनियाँ नागरिकलाई हर संभव सेवा दिन्छौं ।

नेपालमा पनि प्रहरीहरू चौबिसै घण्टा ड्यूटीमा हुन्छन् तर नागरिकको विश्वास कति आर्जन गर्न सकेका छन् र प्रहरीको सेवाबाट नागरिक कतिको सन्तुष्टि छन् भन्ने कुरा हाम्रो देशमा हुने विभिन्न घटनाहरूमा देख्न सकिन्छ ।

यहाँहरूको यो सदासयताको लागि हार्दिक धन्यवाद । नागरिक र पुलिसको यसप्रकारको सम्बन्ध र पुलिसप्रति नागरिकको अद्भूत विश्वास नै चिनियाँ शान्ति र सुरक्षाको कडी हो । नेपालमा पनि प्रहरीहरू चौबिसै घण्टा ड्यूटीमा हुन्छन् तर नागरिकको विश्वास कति आर्जन गर्न सकेका छन् र प्रहरीको सेवाबाट नागरिक कतिको सन्तुष्टि छन् भन्ने कुरा हाम्रो देशमा हुने विभिन्न घटनाहरूमा देख्न सकिन्छ । चीनको यस प्रकारको सिकाइबाट नेपालले पनि सिक्न सकेमा हाम्रो प्रहरी प्रशासन र नागरिक सम्बन्ध थप मजबुत हुन्छ ।

चाडको रौनक भए पनि उवान बन्द थियो । प्रायः सबै जसो रेष्टुरेण्टहरू बन्द थिए । स्वास्थ्यकर्मीहरूको लागि खानाको अभाव भइसकेको थियो । एउटा सानो पसल सँधैं व्यस्त हुन्थ्यो । यस पसलले दैनिक करीब एक हजार प्याकेट खाना तयार गरेर जीनयीनटान अस्पताललार्ई सेवा दिन्थ्यो । त्यहाँको खाना त उत्कृष्ट थियो र औसत १६ युवान पर्दथ्यो जुन त्यहाँको बजार भाउभन्दा निकै सस्तो थियो । यो खाना कसरी यति सस्तोमा आपूर्ति गर्न सक्नुभयोभन्दा त्यस पसलकी साहुनीले टाउको कन्याउँदै भन्नुभयो- यहाँको खाना सस्तोमा आपूर्ति गर्न हामी घरका सबै सदस्यहरू खटेर काम गर्दछौं । हामी चार घण्टाभन्दा बढी सुत्दैनौं । जब डाक्टर र नर्सहरूले आफ्नो सबै समय हामीलाई दिनु भाको छ भने हामीले पनि त केही गर्न पर्दैन र ? परेको बेलामा हामीले पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु पर्दछ । तर नेपालमा सामान्य तरकारी पसलदेखि ठूला व्यापारीले यसै अवधिलाई कमाउने अवसर बनाएको देख्दा हाम्रो समाज कता जाँदैछ र हामी के कुरा प्राप्त गर्न चाहिरहेका छौं भन्ने अनुमान गर्न गाह्रो छैन । सामान्य व्यवहार र आचरणमा शुद्धता ल्याउन सामान्य प्रयास पनि नगर्ने अनि सरकार, नेता, कर्मचारीलाई दोष लगाएर सभ्य समाज निर्माण हुन सक्दछ ? यस्तो महामारीसँग लड्न सकिन्छ ? अलिकति पनि आफूलाई सचेत भन्ने नागरिकहरूले के–कति योगदान दिएका छौं भनेर आफैंलाई सोध्ने बेला आएको छ । जात, नातागोता, पैसा र लोभलालचमा आएर भोट हाल्ने अनि देश र समाजको लागि सिन्को नभाँच्ने नागरिक देशको वरदान हुन सक्दैनन् । त्यसकारण हामीले आफूलाई पनि सोध्न परेको छ मेरो उपस्थिति यो देशमा वरदान हो की अभिसाप ?

अलिकति पनि आफूलाई सचेत भन्ने नागरिकहरूले के–कति योगदान दिएका छौं भनेर आफैंलाई सोध्ने बेला आएको छ । जात, नातागोता, पैसा र लोभलालचमा आएर भोट हाल्ने अनि देश र समाजको लागि सिन्को नभाँच्ने नागरिक देशको वरदान हुन सक्दैनन् । त्यसकारण हामीले आफूलाई पनि सोध्न परेको छ मेरो उपस्थिति यो देशमा वरदान हो की अभिसाप ?

अर्को दिन सामानले भरिएको एउटा मालबहाक ट्रक उवानमा प्रवेशद्धारबाट भित्र छिर्छ । ड्यूटीमा भएकी एकजना युवती ड्राइभरलाई अभिवादन गर्दछिन्र कार्ड दिँदै भन्छिन्- तपाईंको कार्ड यहाँ छ । तपाईंको कडा परिश्रमको लागि हार्दिक आभार । तपाईं वुहान आउनुभयो। गाडी केही अगाडि गयो र ट्राफिक प्रहरीले पानीको प्याकेट उठाउँदै भन्नुभयो- सर बाटोमा तपाईंलाई पिउन केही पानी लिनुहोस् । यी शब्दहरू अत्यन्तै सामान्य थिए तर यस्ता कुरा भइरहँदा सबैका आँखा रसाएका थिए । यतिका सामान लिएर आएका ड्राइभरलाई स-सम्मान बिदाई गरिएको थियो । देशको एक शहरमा समस्या परेको बेलामा अन्य शहरबाट स्वत:स्फूर्तरूपमा सहयोगहरू आदानप्रदान गर्ने संस्कारले समस्यासँग जुध्ने शक्ति प्राप्त हुन्छ र नागरिकहरूले नै समस्या सामाधान गर्न पहल लिन्छन् । वास्तवमा पोखरालगायतका केही शहरमा नागरिकहरूले स्वत:स्फूर्त रूपमा मजदुर र अलपत्र परेका व्यक्तिहरूलाई खाना खुवाउने सकारात्मक प्रचलन शुरू भएको छ, जुन सकारात्मक हो र यसरी देशैभरि एकता र सहकार्य फैलाउन सकेमा मात्रै हामीले पनि संकट सामाधान गर्न सक्दछौं ।

वसन्त ऋतुको चाडको ढल्दो प्रहर, हेनान प्रान्तको सेन्जुका ४२ वर्षीय चाइना कम्युनिष्ट पार्टीका सचिव श्री वाँग गोही ५ टन तरकारी लिएर हुवो सेन सान अस्पताल निर्माण स्थलमा आए र निःशुल्क सहयोग गरे । उनले १७ वर्ष वुहानमा सैनिक सेवामा भण्डार अधिकृतको रूपमा काम गरेका थिए । जब महामारीको खबर सुने उनको मनमा खानाको अवस्था के होला भन्ने प्रश्न आयो । त्यसकारण चाडपर्वको प्रवाह नगरी बिहान ५ बजे नै उठेर गाउँका सबै घरमा ढोका ढकढक्याउँदै तरकारी संकलन गर्ने अभियान चलाए । करीब २० जनाले उनलाई साथ दिए र हतारहतार तरकारी तयार गरे र ५ टन तरकारी जम्मा गरे । हतारहतार उनले ट्रकमा तरकारी राखे र राति ८ बजे चाडको अघिल्लो दिन उवान आइपुगे । उनी उवानमा सन् १९९८ को बाढी र सन् २००८ को विपद्‌मा पनि अग्रपंक्तिमा रहेर काम गरेका अनुभवी व्यक्ति थिए । जब उनले विपत्तिको बारेमा सुने यसमा पनि अग्रपंक्तिमा नगई उनलाई चित्तै बुझेन । एकपटक सेनामा आउनु भनेको सेवा भए पनि नभए पनि सदैव नै देशको सेवाको लागि समर्पित हुनु हो भन्छन् उनी ।

आफू सरकारी सेवामा रहँदा चरम कुशासन दिने अनि सेवा निवृत्त भएपछि यस्तो गर्न पर्दछ र यस्तो हुनु पर्दछ भन्ने गरेको देखिन्छ । वास्तवमा नेपाली समाजमा निराशा र नकारात्मकता फैलाउन यो पंक्तिको निकै ठूलो योगदान देखिन्छ । सञ्चारमाध्यममा विज्ञको रूपमा बोलाइएका यी भूतपूर्वहरूले अधिकांश समय सरकारको आलोचना गरेर नै बिताउँछन् । यदि नेपालमा पनि चीनका वाँगगोही जस्तै सेवा निवृत्त कर्मचारीहरूको जमात हुने हो भने हाम्रो समाजले काँचुली फेर्न कति बेर लाग्छ र ?

नेपालमा पनि ठूलो संख्यामा भूतपूर्व सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारीहरूको झुण्डनै छन् तर उनीहरूको समाजप्रतिको योगदान कति गर्व गर्न लायक छ त्यो भने प्रश्नवाचक नै छ । अधिकांश कर्मचारीहरू ३० वर्ष सेवा गरेको विभाग र निकायको आलोचना गर्नमै व्यस्त देखिन्छन् । आफू सरकारी सेवामा रहँदा चरम कुशासन दिने अनि सेवा निवृत्त भएपछि यस्तो गर्न पर्दछ र यस्तो हुनु पर्दछ भन्ने गरेको देखिन्छ । वास्तवमा नेपाली समाजमा निराशा र नकारात्मकता फैलाउन यो पंक्तिको निकै ठूलो योगदान देखिन्छ । सञ्चारमाध्यममा विज्ञको रूपमा बोलाइएका यी भूतपूर्वहरूले अधिकांश समय सरकारको आलोचना गरेर नै बिताउँछन् । यदि नेपालमा पनि चीनका वाँगगोही जस्तै सेवा निवृत्त कर्मचारीहरूको जमात हुने हो भने हाम्रो समाजले काँचुली फेर्न कति बेर लाग्छ र ?

जतिकेला चाइनामा महामारी फैलिरहेको थियो श्री चेन सेयुन नेपालको भ्रमणमा थिए । जक उनले सुनीन की उनको शहरमा मास्कको अभाव छ तब औषधि कम्पनीहरूमा सम्पर्क गरेर ५८,००० मास्क किनिन् । कोलाहलपूर्ण अवस्था थियो र उनले आफ्ना कपडा र अन्य समानहरू छोडेर सुटकेसमा मास्क हालिन् । धेरै मास्क ल्याउन सकियोस् भनेर मास्कको कार्टुन च्यातेर एक एक गरी सुटकेसमा हालिन् । उनले नेपालबाट चार सुटकेश मास्क लिएर आइन् र डाक्टर तथा नर्सहरूलार्ई निःशुल्क बाँडिन् । जब महामारी आउँदछ त्यस्तो अवस्थामा मेरा व्यक्तिगत सामानभन्दा औषधि, उपकरणहरू र मास्क धेरै आवश्यक हुन्छन् उनले मास्क वितरण गर्दा मुस्कुराउँदै भनिन् ।

टोलैपिच्छे भएका मानवअधिकारको नाममा दलाली गर्ने संघ संस्थाहरूले संक्रमितहरू, चिकित्सक, प्रहरीहरूमाथि भएका ज्यादतीका बारेमा न एक शब्द बोल्ने हिम्मत गर्दछन् न त समाजमा व्याप्त भ्रष्टचार र ढिलासुस्तीको विरुद्ध आवाज उठाउँदछन् न त त्यस्ता किराहरूलाई बहिष्कार गर्ने आन्दोलनको नेतृत्व नै गर्न सक्दछन् । अनि कसरी समाज र देश उभो लाग्दछ ? के नागरिक समाजको दायित्व हुँदैन ?

हाम्रो देश जहाँका डाक्टर तथा नर्सहरूले मास्क समेत नपाएर कोरोना जस्तो रोगको उपचार गरेका कथाहरू प्रशस्त सुन्न पाइएको थियो भने डाक्टर र नर्सको लागि ल्याइएका भनेका मास्कहरू पनि राजनीतिज्ञ र कर्मचारीहरूले आफू र आफ्ना आफन्तलाई बाँडेको समाचारले हामीलाई अवाक बनाएको थियो । बारम्बार प्रश्न आउँदछ हाम्रा यस्तै सोच, आचरण र बानीव्यवहारले हामीले कोरोनालाई परास्त गर्न सक्छौं त ? हेनानका टुरिस्ट गाइडले जब उवानको दयनीय अवस्थाको बारेमा सुने तब उवान सेफगाड स्वाड बनाए र थाइल्याण्डबाट ४० बक्स सुरक्षा गाउन खरीद गरी उवान पठाए । यसले देखाउँदछ चाइनामा भातृत्व, मानवत्व कति छ । यहाँ टोलैपिच्छे भएका मानवअधिकारको नाममा दलाली गर्ने संघ संस्थाहरूले संक्रमितहरू, चिकित्सक, प्रहरीहरूमाथि भएका ज्यादतीका बारेमा न एक शब्द बोल्ने हिम्मत गर्दछन् न त समाजमा व्याप्त भ्रष्टचार र ढिलासुस्तीको विरुद्ध आवाज उठाउँदछन् न त त्यस्ता किराहरूलाई बहिष्कार गर्ने आन्दोलनको नेतृत्व नै गर्न सक्दछन् । अनि कसरी समाज र देश उभो लाग्दछ ? के नागरिक समाजको दायित्व हुँदैन ?

वसन्त ऋतु चार्डको पाँचौ दिन, हेनास प्रान्तको लुयोगमा भएको फर्निचर उद्योगले २० लाख युआन बराबरको मेडिकल क्याबिनेटको अर्डर प्राप्त गर्‍यो । त्यस कम्पनीका मालिक श्री युआनले यो अर्डर हुवो सेन सान अस्पताल उवानको लागि हो भन्ने तुरून्तै पत्तालगाए । उनले तुरून्त अर्डर लिए र निःशुल्क ती सामानहरू उपलब्ध गराउने वाचा गरे । उनको उद्योगमा स्टोर अभाव भएको कारण उनले यो सन्देश उनको स्थानीय उद्योग संघको च्याट समूहमा पोस्ट गरे । जब उद्योग संघका सदस्यहरूले यो सन्देब देखे संघका सदस्य उद्योगीहरूले दान गर्न प्रतिस्पर्धा गरे र एक रातमा १४ वटा उद्योगहरूले सबै अर्डरहरू तयार गरे । जब सबै सामानहरू तयार भए त्यही दिन सबै मेडिकल क्याबिनेटहरू अस्पतालमा पुर्‍याइयो । यस संकटमा यी उद्योगीहरूको त्यो तात्पर्यताले चिनियाँ व्यापारिक समूहहरूको देश, नागरिक र समाजप्रतिको जिम्मेवारी र जवाफदेहितालार्ई दर्शाउँदछ । नेपालमा भने यस संकटको अवस्थामा नागरिकका जीवनसँग खेलबाड गर्ने निजी अस्पताल, मुनाफा कुम्ल्याउन चाहने निजी विद्यालय, नागरिकका स्वास्थ्य उपकरण खरीदमा भ्रष्टचारको र्‍याल काढ्ने, सरकारी कर्मचारी र त्यस्ता कर्मचारीहरूको सुरक्षा कवच बन्ने राजनीतिक पार्टीहरू, नागरिक समाज, सञ्चार जगतको क्रियाकलापले गर्दा समाज असफलताको मार्गमा हिँडेको प्रष्ट देखिन्छ । यसमा सरकार तथा गैरसरकारी क्षेत्रको सकारात्मक भूमिका कति हुँदोरहेछ समाजको स्थायित्व र संकटसँग जुध्न भन्ने प्रष्ट हुन्छ ।

शायद शक्ति र पदको आडमा सरकारी तथा सार्वजनिक सम्पत्तिहरूको ब्रह्मलुट मच्चाउन पल्केका हाम्रा देशका ब्याँसाहरूलाई यस प्रकारको कथाले नछोए पनि अधिकांश मेहेनेती र राष्ट्रवादी युवालाई पक्कै पनि यस्ता कथाहरूले उत्प्रेरणा दिने नै छ ।

हुनान प्रान्तको चान्देका हाओ जीन जो सन् १९९० मा जन्मेका थिए । उनले १८ हजार सर्जिकल मास्क दान गरे । उनले त्यो मास्क कसरी ल्याए र दान गरे भन्ने कथा पनि विचित्रको छ । गत वर्ष उनी एउटा सर्जिकल मास्क कम्पनीमा काम गर्दथे । जब त्यस कम्पनीको उत्पादन र व्यापार मन्दी भयो तब कम्पनीले ज्याला वापत उनलाई २० हजार युआन बराबरको मास्क दियो । जब जीनले चाडपर्वको बेलामा मास्कको अभाव भएको थाहा पाए तब उनले मास्कको आवश्यक भएका व्यक्तिहरूलाई ती मास्कहरू निःशुल्क बाँडे । जब कम्युनिष्ट पार्टीका गाउँ कमिटीका सचिवले उनलाई पैसा दिन चाहे उनले भने- देश संकटमा भएको बेलामा म पैसा लिन सक्दिनँ । यो नै मैले देशप्रति गर्न सक्ने कर्तव्य हो भने । घर परिवारमा पैसाको अभाव हुँदाहुँदै पनि उनले संकटको बेला देखाएको यो उदारताले धेरै चिनियाँ युवाहरूको मन जितेको छ । शायद शक्ति र पदको आडमा सरकारी तथा सार्वजनिक सम्पत्तिहरूको ब्रह्मलुट मच्चाउन पल्केका हाम्रा देशका ब्याँसाहरूलाई यस प्रकारको कथाले नछोए पनि अधिकांश मेहेनेती र राष्ट्रवादी युवालाई पक्कै पनि यस्ता कथाहरूले उत्प्रेरणा दिने नै छ ।

हामीले रातारात नयाँ संस्कार निर्माण गर्न त सक्दैनौं तर नेकपा, नेका, सजपा, विवेकशील, साझा पार्टीहरूलगायतका राजनीति पार्टीहरूले सामाजिक संस्कार निर्माण गर्न लगानी गर्‍यौं भने हामीले पनि चीनमा जस्तै सबै प्रकारका संकटहरूसँग जुधेर नयाँ समाज निर्माण गर्न सक्दछौं तर के हाम्रा राजनीतिक पार्टीहरू र तीनका नेता तथा कार्यकर्ताहरूमा त्यो हिम्मत र चाहना छ होला ?

पहिलो वृद्ध जन अस्पतालको उपप्रमुख ज्याग मिन महामारी क्षेत्रमा जानको लागि घर छोड्नै लाग्दा उनकी छोरीले आँखाभरि आँसु लिँदै कस्सेर अगालो मार्दै नजानोस् न आमा भनेर रुँदै थिइन् तर मिनले छोरीको आँसु पुछ्दै दैत्यसँग लड्न जाँदैछु म दैत्यलाई हराएर चाँडै आउँछु तिमी नरोइ बस ल भनेर सम्झाउँदै थिइन् । धेरै गाउँहरूमा नर्सहरू र डाक्टरका घरहरूमा यस्ता दृश्यहरू देख्न सकिन्थ्यो । जनता र देशप्रति अत्यन्त संवेदनशील नर्स र डाक्टरहरूले आफ्नो स्वास्थ्यको परवाह नगरी नागरिकको उपचारमा दिनरात लागिरहे भने चिनियाँ नागरिकहरूले उनीहरूको उच्च सम्मानका साथ प्रशंसा गरिरहे । नेपालमा पनि सरकारी अस्पतालमा नर्स र डाक्टले देखाएको सेवा भाव उच्च प्रशंसा लायक छ भने यस संकटमा निजी अस्पताल, ती अस्पतालका मालिकहरूले खेलेको भूमिका आगामी पुस्ताहरूले समेत घृणा गर्न लायक छन् भने त्यस्ता अस्पतालका सञ्चालकहरूलार्ई हरप्रकारका गतिविधिहरूमा सामाजिक बहिष्कार गर्न लायक छन् । सारा शहर वसन्त ऋतुको चाड मनाइरहेको थियो संघाइ जनअस्पताल श्वासप्रश्वास विभागका डाक्टरले दुईवटा खानाको अर्डर गरे । महामारीको अवस्थालार्ई ध्यानमा राख्दै डाक्टरले डेलिभरी दिने व्यक्तिलाई सचेत गराउँदै भने यदि तपाईंलाई अस्पतालको वातावरणसँग डर लाग्दछ भने कृपया बाटोको पल्लोपट्टी ल्याएर छोडिदिनु होला म त्यहाँबाट खाना लिएर आउँछु भने । यसको आधा घण्टापछि डाक्टरको क्याबिनमा दुईवटा अतिरिक्त खानासहित एक नोटमा लेखिएको थियो- डाक्टर साहेब दिन लामो छ, तपार्इंलाई भोक लाग्न सक्दछ। त्यसकारण एउटा भेज र एक ननभेज खाना हाम्रो तर्फबाट पठाएका छौं। कृपया स्वीकार्नु होला । यहाँलाई चार्डको शुभकामना ! जब डाक्टरले यो देखे उनी निकै भावुक भए र रेष्टुरेण्टको यो सदायसतालाई स्वीकार गर्दै सामाजिक सञ्जालमा उच्च सम्मानका साथ पोस्ट गरे । यो पोस्ट देखेपछि एक जना पत्रकार त्यो रेष्टुरेण्ट खोज्दै रेष्टुरेण्टमा पुगेर रेष्टुरेण्टको मालिकलाई सोध्दछन् । जब मालिकको जवाफ सुन्दछन् पत्रकार पनि भावविहोल हुँदै भन्दछन्- सर मेरो लिस्टको सबैभन्दा माथि अब तपाईंको रेष्टुरेण्ट रहन्छ । तपाईं जस्ता व्यवसायीप्रति हर चिनियाँले गर्व गर्न सक्दछन् । ती व्यापारीले पत्रकारलाई के भनेका थिए भने हामी सबै चाड मनाइरहेका छौं तर डाक्टरसाहेब हाम्रो सुरक्षाको लागि खटिरहनुभएको छ । यस्तो अवस्थामा दुईवटा खाना अफर गर्नु त मामुली कुरा होइन र ? उनको यस भनाइले उनलाई आत्म भएको व्यापारी भन्न सकिन्छ ।

मित्र चागले पठाएका यी कथामा नागरिकहरूकोस्वत:स्फूर्तता देख्न सकिन्छ । यी कुनै पनि कथाहरूमा कोरोनाको उपचारको औषधि छैन तर यी यस्ता कथाहरू हुन जसले कोरोनाभन्दा निकै शक्तिशाली रोगहरूलाई पनि परास्त गर्न सक्ने मनोबल, भावना र आत्मविश्वास पैदा गर्दछ । यी कुनै पनि कुरा नेपाली समाजले गर्न नसक्ने होइनन् तर नेपाली समाज यो गर्न चाहँदैन । चीनमा पनि यो संस्कार एकै रातमा विकास भएको होइन । त्यहाँ लामो समयसम्म कम्युनिष्ट पार्टीले नयाँ संस्कार गर्न गरेको लगानीको प्रतिफल हो । हामीले रातारात नयाँ संस्कार निर्माण गर्न त सक्दैनौं तर नेकपा, नेका, सजपा, विवेकशील, साझा पार्टीहरूलगायतका राजनीति पार्टीहरूले सामाजिक संस्कार निर्माण गर्न लगानी गर्‍यौं भने हामीले पनि चीनमा जस्तै सबै प्रकारका संकटहरूसँग जुधेर नयाँ समाज निर्माण गर्न सक्दछौं तर के हाम्रा राजनीतिक पार्टीहरू र तीनका नेता तथा कार्यकर्ताहरूमा त्यो हिम्मत र चाहना छ होला ?

(लेखक शहरी योजना आयोग पोखरा महानगरपालिकाका उपाध्यक्ष हुन् )

pokhara internet
Comments
Loading...