ICAS

‘पढाई भएको मान्छेले पनि किन यस्तो काम गरेको ?’

काम सानो ठुलो हुँदैन : दिपक नेपाली

राजु गिरी, पोखरा । 

काम भनेको ठुलो र सानो नहुने तर मिहिनेत गरे सफल हुन सकिने मान्यता राखेका दिपक नेपाली अहिले कपाल काट्ने व्यवसायमा रमाईरहेका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्षमा अध्यनरत नुवाकोटका नेपाली अहिले पोखराको ड्यामसाईडमा कपाल काट्ने व्यवसाय संचालन गरिरहेका छन् ।

Parichay
Infomatics

पढाई भएको मान्छे पनि किन कपाल काट्ने व्यवसाय गरेको ? भन्ने धेरैको प्रश्नलाई उनले आफ्नो प्रगतीको पाईलाले रोकिदिएका छन् । शुरुशुरुमा कपाल काट्ने काम भनेपछि क्याम्पसका साथीहरुले पनि अर्कै तरिकाले व्यवहार गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन् –‘शुरुको व्यवहार जस्तो भएपनि मैले गरेको नयाँ नयाँ डिजाईनको फोटो फेसवुकमा राख्न थालेपछि उनै साथीहरुले राम्रो गरेका छौ साथी भन्न थालेका छन् । अहिले सबैसाथीभाईहरु सकारात्मक तरिकाले प्रस्तुत भएका छन् ।’

करिब डेढ वर्ष अघिमात्रै पोखरामा घरघरमै गएर कपाल काट्न शुरु गरेका उनी त्यही पैसाबाट शैलुन संचालन गरेका छन् । उनी भन्छन्– ‘यहाँ कपाल काट्न थालेको १ वर्ष भयो तर सिक्ने ईच्छा गरेर घरघरमा गएर काटेको करिब डेढ वर्ष भयो । शुरुशुरुमा धेरै गाह्रो भयो । धेरै कुराहरु सहन पनि प¥यो । आफ्नै देशमा केहि गर्ने सोँचका साथ यो पेशा अँगालेको हु । परिवारसँग बसेर खान पाएको छु यसैमा सन्तुष्ट छु ।’

विदेशमा धेरै नेपाली दाजुभाई पैसा कमाउन गएपनि उनी नेपालमै संभर्ष गरेर पैसा कमाउन चाहन्छन् । उनी भन्छन्– ‘शैलुन शुरु गरेदेखि नै धेरैजनाले उत्साह थपिदिएका छन् । यस्तो कहाँ सिकाउछ म पनि सिक्न चाहन्छु भन्ने कुरा धेरैले गर्नु भएको छ । यहाँ आएर तपाईले सिकाउनुहुन्छ र ? भनेर सोध्छन् । नेपालीले ईच्छा देखाएकोमा खुशी लाग्छ ।’

धेरै पटक निराशाको सामना गर्दै आएका उनी खुट्टा तान्नेहरुबाट बच्नुपर्ने बताउँछन् । ‘कति पटक निराशजनक बनायो, तर पछि उत्साह थपिदै गयो । व्यवसाय गर्दा खुट्टा तान्ने धेरै हुँदा रहेछन् । म चाहन्छु जो कोहीले पनि व्यवसाय शुरु गर्न लागेको छ भने उसलाई हतोत्साहीत होईन कि हौसला दिनु पर्छ ।’ उनी भन्छन् ।

चार महिना अगाडीको एउटा घटना सुनाउँदै उनी भन्छन्– ‘एक जना भारतिय दाईले यहाँ कपाल काटेर पैसा कमाईदैन, तिमी बिदेश जाउँ भनेर धेरै पटक मलाई भन्नुभयो । मेरो जवाफ थियो– यहाँ कपाल काटेर जिविकोपार्जन गर्न नसकिनेभए किन तपाइहरुले यति धेरै वर्षसम्म नेपालमा आएर कपाल काट्ने काम गर्नुभएको त ? यो प्रश्न गरेपछि उनीहरु मसँग बोल्न सक्दैनथे ।’

लकडाउनमा पनि उनी कपाल काट्न व्यस्त छन् । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कपाल काटिएको उनको भनाई छ । लकडाउनमा पसल खोल्न नपाईने भएपछि मानिसहरु फोन गरेर घरमै आएर काट्ने गरेको उनी बताउँछन् । लकडाउन खुलेपश्चात यो पेशामा आउन चाहने नेपाली युवाहरुलाई निशुल्क तालिम दिने सोँच उनी छन् ।

pokhara internet
Comments
Loading...