NTHMC
aama movie

के हो डिजिटल पेमन्ट ? किन र कसरी गर्ने ?

जीवनाथ बराल-

म यो आलेखमा हाल नेपालमा विकसित भैरहेका विभिन्न डिजिटल पेमेन्टका विधि, तरिका र यसका फाइदाहरुबारे चर्चा गर्नेछु । यस लेखको उदेश्य नेपालमा बढदै गएको डिजिटल पेमेन्ट गर्ने बानीलाई बढावा दिनु हो ।

  • के हो डिजिटल पेमेन्ट ?

बजारमा बस्तु तथा सेवा खरिद गरिसकेपछि त्यसको मुल्य भुक्तान गरिन्छ । यस कार्यमा मुद्रा अथवा पैसाको प्रयोग हुन्छ। नेपाली बजारमा हाल सिक्का र कागजी नोटको प्रयोग गरिन्छ यस्ता बस्तु तथा सेवाको भुक्तानीका लागि । यहि कार्यका लागि तपाई भौतिक मुद्राको प्रयोग नगरी इन्टरनेटको सहायताले भुक्तानी गर्नुहुन्छ भने (बस्तु खरिदको पैसा तिर्नुहुन्छ) भने त्यो डिजिटल पेमेन्ट हो । उदाहरणको लागि तपाई कुनै खाद्यान्न पसलमा जानुभयो, चामल, तेल, दाल इत्यादि समान किन्नुभयो र सोको मुल्य नगद नदिइकन इन्टरनेटको सहायताले भुक्तान गर्नुभयो भने त्यो डिजिटल पेमेन्ट हो ।

  • के आवश्यक छ त डिजिटल पेमेन्टको लागि ?

तपाई खरिदकर्ता हो भने डिजिटल पेमेन्ट गर्नको तपाइसँग निम्न सबै वा कुने एक (बिक्रि कर्ताले प्रदान गरेको सुविधा अनुसार) कुराको आवश्यकता पर्दछ

१. बैकमा खाता र सो बैकको मोवाइल वालेट÷मोवाइल बैकिङ/इन्टरनेट बैकिङ सुविधा
२. मोवाइल वालेट (चन्तीका वालेट सुविधाहरु जस्तै इसेवा, आइ एम इ पे, खल्ती, प्रभु पे , आइ पे ) कुनै वा सबै ।
३. बैकको डेविट/क्रेडिट कार्ड

तपाइ विक्रेता हो र अनलाइन/डिजिटल विधिबाट भुक्तानी स्वीकार गर्न चाहानुहुन्छ भने तपाइले बैकमा खाता खोली बैकबाट आफनो व्यवसायको QR code लिने वा बैकहरुले प्रदान गर्ने POS मेसिन आफ्नो व्यवसायमा राख्नु पर्दछ ।

  • कसरी गर्ने डिजिटल पेमेन्ट ?

विभिन्न मोवाइल वालेट कम्पनीहरुले यो सेवा विस्तारका लागि आर्कषक योजनाहरु पेश गरिरहेका छन । नेपालको हालको अवस्थामा अति विशिष्टिकृत सपिङ सेन्टरहरु बाहेक अन्त कुनै एउटा वालेट सुविधा वा एउटा बैकको डेविट क्रेडिट कार्ड लिएर सबै ठाउमा डिजिटल पेमेन्ट गर्ने वा सवै पसलमा डिजिटल पेमेन्ट गर्छु भन्नु सम्भव छैन (कुनै बेला सम्भव होला आशा गरौ । ) नेपालको सन्दर्भमा र अहिलकै अवस्थामा

मुख्यत: निम्न दुइ तरिकाले डिजिटल पेमेन्ट गर्न सकिन्छ ।

  • पहिलो तरिका – डेविट वा क्रेडिट कार्डबाट भुक्तानी गर्ने

तपाईसँग कुनै बैकको डेविट (सामान्य भाषामा एटिम) वा क्रेडिट कार्ड छ भने बस्तु वा सेवा खरिद गरिसकेपछि उक्त पसलले कार्ड स्वीकार गर्छ की नाइ बुझ्नुहोस, कार्ड स्वीकार गर्ने पसलहरुका देखिने गरि नै We accept भनेर स्वीकार गरिने कार्डहरुको जानकारी दिइएको हुन्छ । यदि सो बोर्ड देख्नुभएन भने सोध्नुहोस की उहाहरुसंग POS मेसिन छ वा तपाइहरु कार्ड बाट पेमेन्ट लिनिहुन्छ र यदि व्यापारीसंग POS मेसिन रहेछ भने तपाईले व्यापारीलाई कार्ड प्रदान गर्नुहोस व्यापारीले POS मेसिनमा तपाइको उठेको विल टाइप गर्छन र तपाईलाई पिन नम्बरका लागि अनुरोध गर्दछन। तपाइले पिन नम्बर प्रदान गरेपछि पेमेन्टको प्रक्रिया समाप्त हुन्छ । तत्कालै तपाईको बैकबाट पैसा व्यापारीको खातामा पुग्दछ । भाटभटेनी लगायतका चलेका सुपरमार्केट चेनहरु लगायत शहरी क्षेत्रका धेरै पसलहरुका यो सुविधा उपलब्ध छ । बैकिङ सेक्टरले POS मेसिनको सेल्स लाई प्राथमिकतामा दिएको हुदा यो सेवा ठुला सपिङ सेन्टरबाट साना पसल तथा रेष्टुरेन्टहरुमा विस्तार हुने क्रममा रहेका छ । तपाई रेष्टुरेन्टमा खाइसकेपछि वा पसलबाट सामान किनिसकेपछि सोध्न नविर्सनुहोस की उनिहरु कार्डबाट भुक्तानी लिनुहुन्छ की नाई भनेर ।

  • दोस्रो तरिका – मोवाइलको सहायताले भुक्तानी गर्ने

मैले माथि नै उल्लेख गरेअनुसार नै मोवाइको सहायताले भुक्तानी गर्नको लागि तपाइसँग तपाइले कारोवार गर्ने बैकको मोवाइल वालेट सुविधा वा चल्तीका मोवाइल वालेट सुविधाहरु मध्य कुनै एक हुन आवश्यक छ । चल्तीका अन्य मोवाइल वालेटहरुमा पनि बैकको मोवाइल वालेट बाटै रकम हाल्नु पर्ने हुन्छ । यस विधिबाट भुक्तानी गर्ने विधि नेपालको सन्दर्भमा नयाँ र अति चर्चित हुदै गइरहेको विधि हो । यस विधिबाट भुक्तानी गर्ने तरिका निम्नानुसार छ ।

१.यसका लागि तपाइले बस्तु तथा सेवा खरिद गरिसकेपछि व्यापारिलाई त्तच् कोड भए नभएको बारे सोध्नुहोस् , कार्डको जस्तै अहिले धेरै जसो व्यापारीले हामी QR कोडबाट भुक्तानी लिन्छौ भन्ने बोर्ड राखेका देख्न सकिन्छ ।

२. सुविधा उपलब्ध छ भने व्यापारीले उपलब्ध गराउने QR कोडलाई आफ्नो मोवाइल वालेटको QR स्क्यानर बाट स्कान गर्नुहोस

३. तपाइको मोवाइल वालेटमा व्यापारीको नामसँगै आउछ, उसलाई कति तिर्नुपर्ने हो त्यो टाइप गर्नुहोस ।

४. यस पछि तपाइको मोवाइल वालेटले तपाइको पिन नम्बर माग्दछ, सो प्रदान गनुहोस्, भुक्तानी कार्य सम्पन्न हुन्छ र व्यापारीको मोवाइलमा तत्कालै भुक्तानी भएको जानकारीको SMS प्राप्त हुन्छ ।

  • किन गर्ने त डिजिटल पेमेन्ट, के छ फाइदा ?

१. यो विधि सुरक्षित छ । पैसा जस्तो चोरी हुने वा हराउने डर भएन, तपाइको कार्ड वा मोवाइल नै हराए को अवस्थामा पनि तपाइको डिजिटल वालेट वा बैकमा भएको पैसा सुरक्षित नै हुन्छ ।

२. पैसाको बोकेर हिडिनुपर्ने वा बैक वा एटिम मेसिनमा लाइन बसेर पैसा निकाल्नुपर्ने झन्झटबाट मुक्ती

३. मोवाइल वालेट कम्पनीहरु, बैकहरु र व्यापारीहरु मिलेर तपाइले डिजिटल पेमेन्ट गरेवापत विभिन्न छुट र उपाहारहरु प्रदान गरिरहेका छन । तपाईले सधै खरिद गर्ने सेवा वा सधै खरिद गर्ने बस्तुमै पनि त्यो छुट उपलब्ध भै रहेको र तपाइले नगदबाटै भुत्तानी गर्नाले नपाउनुभएको त छैन ? तपाइको बैक वा तपाइले वस्तु खरिद गर्ने व्यापारीलाई सोधिहेर्नोस त ? सोध्दा केही विग्रन्छ र ? होइन भने तपाइ बैक वा मोवाइल वालेट कम्पनिका वेवसाइट हरु हेर्न पनि सक्नुहुन्छ । यो आलेखमा छुटहरु बारे लेख्दा एक पक्षको पक्षपोषण हुन सक्ने भएकाले लेखिएको छैन ।

  • व्यापारीलाई हुने फाइदा

१. यो सुरक्षित छ । खरिदकर्ता ले प्रदान गरेको रकम सिधै तपाइको बैक खातामा जम्मा हुन्छ । पैसा गन्न, मिलाउन बैक पुगेर लाइन बसि जम्मा गर्न लाग्ने मानवस्रोत ,समय र इन्धनको बचत हुन्छ । बचाउनु पनि कमाउनु नै हो ।

२. डिजिटल पेमेन्ट मेथड स्वीकार गरेर तपाइ आफ्नो व्यापार विस्तार गर्न सक्नुहुन्छ । बैकहरु र मोवाइल वालेट कम्पनीहरुले गरेका विज्ञापनहरुको तपाई विना लगानी फाइदा उठाउन सक्नु हुन्छ ।

३.विभिन्न डिजिटल वालेट कम्पनीहरुले डिजिटल पेमेन्ट स्विकार गरेवापत छुट, अतिरिक्त आम्दानीका अवसर र उपाहारहरु प्रदान गरिरहेका छन । तपाई विनालगानी फाइदा पाउनुहुन्छ भने त्यो उपभोग नगर्नु त मुर्खता मात्र होइन र ?

  • राष्ट्रलाई हुने फाइदा

१. गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैकले ३ अर्व भन्दा बढि पैसा छाप्नलाई खर्च गरेको थियो । हामि यो खर्चलाई सुन्य गर्न त सक्दैनौ तर डिजिटल पेमेन्ट को प्रयोग गरि यो कमि गराउन सक्छौ ।

२. नेपाल जस्ता अविकसित देशहरु सम्पत्ती सुद्दीकरण (सिधा भाषामा भन्दा गैरकानुनी तरिकाबाट कमाइएको आम्दानी (कालो धन लाई सुद्दीकरण वा सेतो बनाउने कार्य ) गर्नका लागि प्रयोग हुने देशहरु हुन, तपाई हामीले डिजिटल पेमेन्टको प्रयोगलाई बढाउदा यस कार्यको न्युनीकरणमा सहयोग पुग्दछ ।

३. बैकमा तपाइको खातामा भएको नगद बैकको डिपोजिटमा गठना हुन्छ । सोहि बचतको अवस्था हेरेर नै बैक लगायत राष्ट्र बैकले लगानी सम्बन्धी नितिहरु बनाउदछन । तपाइले डिजिटल पेमेन्ट गर्नका लागि बैकमा जम्मा गरिराखेको पैसाले बैक र राष्ट्रकै लागि आवश्यक तरलताको व्यवस्थापनमा सहयोग गर्दछ, जुन तपाइको हातमा, घरमा वा पर्समा भएको नगदले गर्दैन ।
यो लामो आलेखको सुरुमै उल्लेख गरेबमोजिम नै यसको उदेश्य नेपालमा डिजिटल पेमेन्टलाइ बढावा दिनु हो । हामी आजको भोली नै

  • क्यासलेस कारोवारमा जान त सक्दैनौ तर सबैले कम्तीमा तलका कुरा तत्काल गर्न सक्छौ जस्ले धेरै फरक पार्दछ ।

१. एटिम बाट पैसा निकाली नगद बोकेर सुपरमार्केट जाने बानी त छैन नी ? छ भने त्यो आवश्यक छैन तपाई एटिम बाट नगद झिक्न प्रयोग गरेकै कार्डबाट सिधै सुपरस्टोरमा सपिङ गर्नोस । यसले धेरै फरक पार्दछ ।

२.मोवाइल रिचार्ज गर्न, ल्यान्डलाइन टेलिफोनको विल तिर्न, इन्टरनेटको पैसा तिर्न वा बत्तिको पैसा तिर्न पैसा तिर्ने अफिस नै जाने गर्नुभएको त छैन नी ? यो आवश्यक छैन , मोवाइल वालेट मार्फत घरै बसेर यी सबै महशुल भुक्तान गर्न सकिन्छ । तपाइलाई अप्ठयारो लागे घर नजिकैको मोवाइल वालेट कम्पनीको एजेन्टलाई भेटनुहोस । (इ सेवा, आइ एम इ पे आदीको बोर्ड भएको हुन्छ तिनिहरुको पसलमा ।

३. बाइक, स्कुटी, कार चड्नुहुन्छ ? हुन्छ भने पेट्रोल त रेगुलर हाल्नु हुन्छ नै । सबै पेट्रोल पम्पहरु डिजिटल पेमेन्ट स्विार गर्दछन र अहिले सो वापत छुट पनि प्रदान गरिएका छन । कृपया तेलको पैसा मोवाइल बाट तिरिदिनोस ।

लेखक हाल प्रभु बैंक बगर शाखाका सहायक सम्बन्ध प्रबन्धक रहेका छन्।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?