डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आजदेखि लागू हुनेगरी निगमल डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो ।

पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार नै डिजेल र मट्टितेलको मूल्य तोकिएको निगमका प्रवक्ता विनितमणी उपध्यायले बताए ।

ICAS

नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ ।

यसअघि भदौ १६ मा निगमले पेट्रोल दुई रुपैयाँ मूल्यवृद्धि गराएको थियो । मूल्यवृद्धिसँग काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य कायम भएकोमा यसलाई निगमले यथावत राखेको छ ।

इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यसूचीअनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ ।

pokhara internet
Comments
Loading...