Parichay add

फरक स्वादले ग्राहक लोभ्याउदै पोखराको ‘धराने सेकुवा’

राजु गिरी, पोखरा । 

पोखरा भन्ने वित्तिकै पर्यटन जोडिएर आउने गर्दछ । पोखरालाई पर्यटन क्षेत्रलाई माथी उठाउन यहाँका रेष्टुरेष्टको भुमिका पनि महत्वका साथ हेरिन्छ । यस सहरमा खानाका परिकारका पारखि पनि त्यत्तिकै छन् । प्रत्येक रेष्टुरेटको आ–आफ्नै विशेषता सहित संचालनमा छन् । भर्खर चार महिना अघिमात्र लेकसाईड सेदीमा संचालनमा आएको धराने सेकुवा पनि खानाको परिकार पारखिको रोजाईमा परेको छ । यसको आफ्नै विशेषता छ । फरक स्वादको सेकुवा, चटपट, मःमः, सुकुटी अचार र भट्ट ग्राहकले विशेष रुचाईएको परिकारमा परेको छ । यसका अलावा रेष्टुरेष्टमा पाईने अन्य परिकार पनि धराने सेकुवामा उपलब्ध छन् ।

roma

पोखरामा खानाका पारखिकालागि नौलो र उत्कृष्ट स्वाद चखाउनका लागि धराने सेकुवा संचालनमा ल्याईएको संचालक बसन्त न्यौपाने बताउँछन् । उनी भन्छन्– ‘पोखरामा खानाका पारखिलाई नयाँ स्वाद दिने भन्ने सोचेर धराने सेकुवा संचालन गरिएको हो । विशेषगरि सेकुवाको पारखिका लागि नौलो स्वाद सहित सेवा दिईरहेका छौं । हामी धरानबाटै घरमा पालिएको कालो बंगुरको सेकुवा ग्राहकका लागि पोखरामा सेवा दिईरहेका छौं ।’

ICAS

कालो बंगुरको सेकुवा धरानमा निकै प्रख्यात खानेकुरा भएको संचालक न्यौपाने बताउँछन् । पोखराको बंगुर र धरान बंगुरको सेकुवाको स्वादमा धेरै फरक रहेको उनको भनाई छ । उनी भन्छन्– ‘स्वास्थ्यको लागि पनि फाईदाजनक छ । बोसोको केही मात्रा मेसिनबाटै फालिदिन्छौं । त्यसपछि आधुनिक भट्टीमा सेकेर ग्राहकसमक्ष पुर्‍याउछौं ।’

धराने सेकुवा रेष्टुरेन्टमा सेकुवाको साथै ग्राहकको माग बमोजिम नेपाली, इन्डियन, कन्टिनेन्टल र चाईनिज खानेकुरा पाईने संचालक न्यौपाने बताउँछन् । यसका साथै टीमुर र चिङफिरिङको परपराउने अचारको स्वादमा जिब्रो पड्काउँदै सेकुवाकै मज्जा लीन सकिने र इलाममा उत्पादन भएको अग्र्यानिक ग्रीन टी, गोल्डेन टी, सिल्भर टीको स्वाद लीन सकिने न्यौपाने बताउँछन् । उनी भन्छन्– ‘नाम धराने सेकुवा भएकाले यहाँको स्पेशल सेकुवा नै हो तर सेकुवाको अलावा रेष्टुरेण्टमा पाईने परिकारहरु पनि उपलब्ध छन् । सेकुवा मात्र पाईन्छ भन्ने कुरा एकदमै गलत हो । बिहानको खानाको कुरामा तयारी गर्दैनौ तर अर्डर आएको खण्डमा हामी सेवा दिन तयार छौं । दिउसो १२ बजेदेखि रातको १० बजेसम्म रेष्टुरेण्टको सबै सेवा हामी दिईरहेका छौं ।’ चिकेन र बंगुरका लागि किचन छुट्टै रहेको उनी बताउँछन् ।

धराने सेकुवामा धरान, धनकुटाबाट ल्याईएको खाँटी कोदोको तोङ्वाको मज्जा पनि लिन सकिने उनले जोड्छन् । पोखरामा आउने पर्यटक र यस क्षेत्रमा वसोवास गर्ने व्यक्तिहरुलाई पूर्वेली परिकारको स्वाद पस्कन धराने सेकुवाको मुख्य लक्ष्य रहेको उनी भन्छन् । धराने सेकुवामा बंगुरको सेकुवासँगै बंगुरको खुट्टाको सुप, साँधेको जीव्रो, कान, याङ्वेन, हड्डीको अचारको स्वादसमेत लिन पाईन्छ भने लोकल कुखुराको तीते (वाचिपा), राँगाको सुकुटीको अचार, भटमासको किनीमालगायतका अन्य पूर्वेली परिकारको स्वाद पनि छिटै चाख्न पाईने उनी बताउँछन् ।
पर्यटन क्षेत्र आफुलाई मन पर्ने बताउँने उनी पोखराकै वासिन्दा भएकाले पोखराको पर्यटन क्षेत्रमा केही गरौं भन्ने सोँचले यस क्षेत्रमा प्रवेश गरेको बताउँछन् । ‘केही समय अगाडी धरानका व्यवसायीसँग भेट भयो र छलफल गरिरहँदा सँगै टिममा बसेर रेष्टुरेण्ट संचालन गर्ने योजना भयो । त्यही अनुसार अगाडी बढ्यौं ।’ –उनी भन्छन् ।

धराने सेकुवामा धरानका ३ जना र पोखराका न्यौपानेसहित ४ जनाले १ करोड ५० लाख लगानीमा संचालित रेष्टुरेण्ट हो । २० जना कर्मचारी कार्यरत यस रेष्टुरेण्टमा धरानमा पाईने सेकुवाको स्वादकासाथै धरानको चटपट, बंगुरको मःमः, धरानको सुकुटी अचार र धरानको भट्टको स्वाद चाख्न पाईने छ । धरानका विशेष खानेकुरालाई आवश्यक पर्ने मरमसलादेखि सबै सामान धरानबाटै आउने संचालक न्यौपाने बताउँछन् । पारिवारिक वातावरण भएकाले परिवार, साथीभाईसबै उमेर समुहकालागि उपयुक्त रहेको उनको भनाई छ । उनी भन्छन्– ‘संचालन गरेको ४ महिनामै ग्राहकले निकै राम्रो सन्तुष्टी देखाउनु भएको छ । धेरैले महेन्द्रपुलतिर शाखा खोलिदिनुस् भनेर अनुरोध पनि गर्नुभएको छ । त्यसैले उहाँहरुको अनुरोधलाई स्वीकार्दै अबको १ वर्षमा पोखराको अर्को कुनै एक ठाउँमा शाखा खोल्ने योजनामा छौं ।’

रेष्टुरेण्टमा छिट्टै क्याविन थपिने र ग्राहक आफैले बारबिक्यु गर्ने चाहनालाई पुरा गर्नका लागि बारबिक्युको व्यवस्था गर्न लागिएको न्यौपाने बताउँछन् । उनी भन्छन्– ‘सर्भिस चार्ज लिदैनौ र १३ प्रतिसत भ्याट पनि ग्राहकको नाममा जोड्दैनौ । सर्वसुलभ दरमा पारिवारिक वातावरणमा पृथक स्वाद दिन यो धराने सेकुवा संचालन गरेका हौं ।’ न्यौपाने हेम्जा स्थित गुडलक मन्टेश्वरी होमका संचालक र आई फर इन्भेस्टमेण्ट एण्ड कल्सल्टेन्ट भन्ने संस्थाका संस्थापक समेत हुन् ।

न्यौपाने बाहेक अन्य संचालक धरानका हुन् । जसमा जुबु गुरुङ, बिक्रम राई, मिना राई रहेका छन् । २ रोपनीमा फैलिएको रेष्टुरेण्ट लेकसाइडको हल्लनचोकबाट पश्चिमतर्फ सवारीसाधनमा ५ मिनेटमै पुगिन्छ ।

पोखरामा आईसकेपछि रेष्टुरेण्टको अध्ययन गर्दै जाँदा धरानको सेकुवा पोखरामा सर्भिस गर्न उपयुक्त भएकाले धराने सेकुवा संचालनमा ल्याईएको अर्का संचालक जुबु गुरुङ बताउँछन् । उनी भन्छन्– ‘धरानको प्रख्यात खानेकुरा सेकुवाको पारखी पोखरामा भएकाले संचालन गर्न प्रेरित गरेको हो । बाहिरी मुलुकमा बंगुरको परिकार धेरै मन पराएको पाईन्छ । विस्तारै नेपालमा पनि यसको परिकार मन पराउन थालिएको छ ।’ ग्राहकको सन्तुष्टीनै मुख्य उद्देश्य रहेको गुरुङ बताउँछन् ।

pokhara internet
Comments
Loading...