NTHMC

अनशनरत युवाको माग पूरा गर्न कांग्रेस सभापति देउवाको माग

काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई आज वसन्तपुरमा भेटेर उहाँले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

parichay

‘अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको घोर भत्र्सना गर्छु’, उनले भने । उनले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने उल्लेख गरे

roma

नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको बताए ।
यसअघि काँग्रेस नेता प्रकाशमान सिंह, पूर्वमन्त्री नविन्द्रराज जोशीलगायतले अनशनरत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन् । शतप्रतिशत पिसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीहरुको भनाइ छ । रासस

pokhara internet
Comments
Loading...