ICAS

कास्कीमा क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

पोखरा । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको पोखरामा मृत्यु भएको छ । भारतको हैदरबादबाट फर्किएका उनी मंगलबार क्वारेन्टाइनमा बसेका थिए । तर, बुधबार नै उनको मृत्यु भएको बताइएको छ ।

रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पुष्टि गरे । उनी कोरोना संक्रमण भएको आश‌ंकामा क्वारेन्टाइनमा भए पनि  मुटु र कलेजका बिरामी रहेको दाबी छ । तर, के कारण हो भन्ने खुलेको छैन ।

pokhara internet
Comments
Loading...