ICAS

फेवातालमा तैरिएको शव पोखरा १८ सराङ्कोटका राजु बास्तोलाको

राजु गिरी, पोखरा । आज विहान पोखराको फेवाताल स्वीमिङपुल घाटमा तैरिएको अवस्थामा रहेको शव पोखरा १८ सराङ्कोटका ४० वर्षीय राजु बास्तोलाको रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान तरकारी लिन भनेर निस्किएका बास्तोला फेवाताल किनारमा मृत अवस्थामा भेटिएका हुन् । उनको शव आईतबार बिहान ताल छेउमा तैरिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बागलुङ बसपार्क बस्दै आएका उनी कसरी फेवातालसम्म आईपुगे र मृत अवस्थामा भेटिए भन्नेबारे अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भैरहेको समेत डिएसपी ढकालले बताए ।

Parichay
Infomatics

तस्वीर : सुवास पहारी

pokhara internet
Comments
Loading...