ICAS
Rara

दिल्लीको हिंसात्मक दङ्गामा परी मुत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

एजेन्सी । आइतवारदेखि भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या बढेर ३४ पुगेको छ। मारिने सबैजनामा गोली लागेको पाइएको छ। अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तर–पूर्वी भागमा छिटफुट हिंसा भएका विवरण प्रहरीले दिएको छ।

parichay

गस्ती कडा

हिन्दू र मुस्लिम समुदायबीच थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन्। आइतवार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले साम्प्रदायिक दङ्गाको स्वरूप ग्रहण गरेको थियो । बुधवार हिंसामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झडप भएको खबर आएको थियो ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?