ICAS
Rara

बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ताको निधन

बाँके । बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । बयानब्बे वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

केही वर्षयता अस्वस्थ रहनुभएका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको बताए ।

govnotice
parichay

नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेका थिए । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घले एक दशकअघि सेनानीको उपाधि दिएको थियो ।

अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनले बाँकेको पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बताए ।

pokhara internet
Comments
Loading...