धरानमा थप एक जना संक्रमितको मृत्यु

काठमाडौं : धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप संक्रमितको मृत्यु भएको छ ।सप्तरीका ७० र मोरङका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

राजविराज-३ का संक्रमित गजेन्द्र नारायण सिंह अस्पतालबाट ज्वरो, खोकी श्वासप्रश्वासमा र निमोनिया जस्ता समस्याको कारणले रिफर भई उपचार गर्न आएका थिए । उनमा २५ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिष्ठानमा २८ गते भर्ना भएका संक्रमित ८ गते राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

ICAS

त्यसैगरी मोरङ जिल्ला कानेपोखरी गाउँपालिका १ का ५५ वर्षीय पुरुषको गए राति ८ बजे मृत्यु भएको थियो । संक्रमित प्रतिष्ठानको सर्जिकल वार्डबाट रिफर भएका थिए । उनमा आन्द्राको क्यान्सर र जटिल शल्यक्रिया भएको सापकोटाले जानकारी दिए । ५ गते परीक्षण गरी ८ पुष्टि भएर कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो।

pokhara internet
Comments
Loading...