NMB Bank

२०७७ दशैंमा चलचित्र रिलिजको होडबाजी

चलचित्र रिलिजको लागि उत्तम समय मानिन्छ, दशैं । त्यसैले होला, दशैंमा चलचित्र रिलिजको होडबाजी नै चल्छ । ‘फेस्टिभ मुड’मा दर्शक हलसम्म पुग्ने सोचले ठुला ब्यानरका चलचित्रदेखि सानो बजेटमा बनेका चलचित्रले पनि दशैंलाई रिलिज टार्गेट गर्छन् ।

यो त ठिक छ । दशैंमा रिलिज गर्दा चलचित्रको लगानी बच्छ् भने त्यसलाई अन्यथा लिन हुन्न । तर, आगमी वर्षको दशैंमा रिलिज हुने चलचित्रको लर्को हेर्ने हो भने अचम्मको छ । आगमी वर्षको दशैंमा रिलिज हुनको लागि आधा दर्जन चलचित्रले मिति तोकेका छन् ।

सधै दशैंमा रिलिज गर्दै आएका दीपकराज गिरीको टिमले आगमी दशैंमा पनि नयाँ चलचित्र रिलिज गर्नेछ । उनीहरुले आगमी दशैंको लागि छक्का पञ्जा ४ रिलिज गर्नेछन् । त्यस्तै दशैंमा नै रिलिज गर्दै आएका निर्देशक अशोक शर्माले पनि अल्लरे २ लाई दशैंमा रिलिज गर्ने निधो गरेका छन् ।

केही दिन अगाडिमात्र निर्माण घोषणा भएको चलचित्र छड्के २ ले पनि दशैंलाई रिलिज लक्ष्य राखेको छ । अनमोल केसी स्टारर चलचित्र एन्टी हिरो पनि दशैंमा रिलिज हुने हल्ला चलिरहेको समयमा ए मेरो हजुर ४ पनि दशैंमा नै रिलिज हुने समचार आइरहेको छ ।

आजमात्रै मह संचारसँग टिमअप गरेर निर्देशक प्रदीप भट्टराईले नयाँ चलचित्र निर्देशन गर्ने समचार आयो । जुन चलचित्रले पनि दशैंलाई नै रिलिज मिति तोकेको छ । रेनशा बान्तवा राईको निर्देशनमा बन्ने आइ एम ट्वान्‍टी वानले पनि दशैंलाई रिलिज लक्ष्य बनाएको छ ।

यो हेर्दा आगमी वर्षको दशैंमा चलचित्रहरुको राम्रै भिडन्त हुने देखिन्छ । तर, यी सबै चलचित्रहरुले दशैंलाई मिति तोके पनि सबै चलचित्र दशैंमा रिलिज हुने कुरामा भने शंका छ ।a

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?