NTHMC

दशा एक मध्यमवर्गीय परिवारको कथा

सन्तोष बस्याल

पोखरा / 

roma

कोरोना महामारीका कारण सबै क्षेत्र ठप्प हुँदा आर्थिक चलायमान कमजोर बनेको छ । प्रतिव्यक्ति आयमा समेत गिरावट आएको पाइन्छ । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्या परेको छ । अति विपन्न परिवारलाई सरकारी निकाय देखि संघसंस्थाहरुले राहतका प्याकेज ल्याएका छन् । तर पछिल्लो समय मर्कामा मध्यम वर्गीय परेको भान हुन्छ । एक अर्थमा भन्दा मध्यमवर्गाीय परिवारलाई लकडाउन दशा भएको छ ।

ICAS
parichay

सानो पसल व्यवसायमा आश्रित परिवार लकडाउनका समयमा आम्दानी नहुँदा घरबारविहिन हुनुपरेको स्थिति छ । राहत लिउ स्वाभिमानले दिँदैन । नलिउ घरमा खाने चामल छैन । मध्यमवर्गीय परिवारको हालको समस्या हो यो । निम्न वर्गीय परिवारलाई एक पछि अर्को राहत वितरण कार्यक्रम आउँदा मध्यमवर्गीय परिवारले एकपटक पनि राहत पाएका छैनन् । अन्तत शहरबाट गाउँ फर्किनुपर्ने बाध्यता छ । नेत्र गुरुङद्वारा निर्देशित सर्ट फिल्म ‘दशा’ यस्तै कथावस्तुमा आधारित छ । दशाले मध्यमवर्गीय परिवारको पीडालाई बोल्छ ।

प्रमिला तुलाचन, मिलन शंकर,विजयराज अधिकारी, सबिता साप्कोटा, नवराज गिरी, कपिल शर्मा, आशिर्वाद तुलाचन, क्षितिज साप्कोटा, बुद्धिसागर खनाल, जीवन सुनारको अभिनय रहेको दशामा कोरोना कहरका कारण पछिल्लो समय उठेको समसामायिक विषयवस्तुलाई केन्द्रित गरिएको छ । दशा  भरत छन्त्यालको  कथा हो ।

लकडाउन सुरुभएदेखि नेत्र गुरुङले विभिन्न सर्ट फिल्म बनाउनमा व्यस्त छन् । हालसम्म उनले दशा सहित ७ सर्ट फिल्म निर्माण गरिसकेका छन् । यसअघि लकडाउन, राहत, बसाइँ, घर, नाम्लो, सत्कर्म गुरुङले बनाइसेकेका छन् ।

pokhara internet
Comments
Loading...