NTHMC

हामी नभएको भए…

सन्तबहादुर सुनार-

दलित माथिको भेदभाव अझै पनि कायम छ । पहिले जस्तो चरम भेदभाव त छैन, तर पनि मानिसहरु आत्मादेखि नै दलितप्रतिको भेदभाव हटाउन सकेका छैनन् । पहिलेको तुलनामा केही सहज भएपनि अझै नेपालका दलितहरुले राज्यमा अपनत्व कायम गर्न सकेका छैनन् ।

roma

तथ्यांक अनुसार नेपालको कुल जनसँख्याको १३.०९ प्रतिशत जनता दलित छन् । दलितमा पनि विश्वकर्मा जातिहरुको बाहुल्यता छ । दलितका जाति अनुसारका पेशाहरु पनि विभिन्न छन् । विश्वकर्माहरु आरनको काम गर्छन् भने दर्जीहरु कपडा सिलाउने तथा बाजा बजाउने काम गर्छन् । त्यस्तै सुनारहरु सुनको काम गर्छन् । नेपालीहरु भने छालाको काम गर्छन् । वर्ण व्यवस्था अनुसार पहिलेका शासकले यस्तो पेशागत विभाजन गरिदिएका थिए ।

ICAS

पेशागत विभाजनसँगै दलितहरुलाई हेर्ने दृष्टिकोण पनि फरक फरक भयो । दलित समुदायमा पनि आन्तरिक विभेदको अवस्था सिर्जना भएको पाईन्छ । विश्वकर्माले नेपाली थरलाई हेप्ने, नेपाली थरले दर्जी थरलाई हेप्ने चलन यद्यपि कायम छ । दलित समुदायमा आफु भित्रको भेदभाव उन्मुलन हुनु जरुरी देखिन्छ ।

तर पनि नेपालमा दलित समुदाय र यसको विशिष्ट पेशा नभईदिएको भए अन्य समुदायको जीवन कसरी चल्थ्यो भन्ने प्रश्न अहम् बनेर आएको छ ।

parichay

विश्वकर्मा नभएको भए : दैनिक जीवनमा आवश्यक पर्ने सामग्री बनाउन आरनको उपयोग अन्य समुदायले नै बढी गरे । विश्वकर्माले त केवल आरनको प्रयोग मात्रै गरे । विषेश गरी कृषिकर्मको लागि आवश्यक पर्ने औजार तथा भान्सामा आवश्यक पर्ने सामग्रीहरुको निर्माण र मर्मतको लागि विश्वकर्माको आरन नै उपयोग भयो । आफ्नो सीप र कला सिर्जना गर्ने हामी विश्वकर्मा समुुदाय कसरी अछुत भयो अछुत त त्यो हो हाम्रो कला र सीपलाई अपहेलना गर्दैछ ।

दर्जी नभएको भए : दमाईले छोएको धजा चल्ने तर दमाई नचल्ने ? अरु समुदायले लाज छोप्ने कपडा सिलाउन दर्जीले पर्छ । त्यही कपडा लगाएर मन्दिरभित्र पस्छ । तर दर्जीलाई त्यही मन्दिरभित्र पवेश निषेध छ । यहाँसम्मकी दर्जीका छोरीचेलिको जवानी चल्ने मैले छोएको पानी मात्र नचल्ने अवस्था छ । तर दर्जीले कपडा नसिलाईदिएको भए अरुको जीवन कसरी चल्थ्यो भन्ने प्रश्न अगाडी आएको छ ।

सार्की नभएको भए : जुत्ताले अहिले मानिसको वर्ग र समुदाय छुट्टउँछ । जुत्ता मानिसको सान बन्ने गरेको छ । तर त्यही जुत्ताको काम परापुर्वकालदेखि दलित मानिएको सार्की थरले गर्दै आएको छ । अरु समुदायलाई जुत्ताको गर्जो टार्ने काम सार्कीहरुले नै गर्दै आएका छन् । उनीहरुले जुत्ता सिलाउने पेशा नगरेको भए अरुले के लगाउँथे ।

यस्तै अन्य दलित जातिले पनि विभिन्न पेशा गर्दै अरु समुदायको आवश्यकता पुर्ति गर्दै आईरहेका छन् । तर व्यवहार भने भेदभावपुर्ण नै छ । दलितमाथिको भेदभाव अन्त्य हुन प्रथमतः दलितभित्रको आन्तरिक छुवाछुत अन्त्य गर्नुपर्छ ।

अरु जेसुकै भएपनि मानिसको अन्तरह्रदयबाट छुवाछुतको भावना अन्त्य नभएसम्म दलित प्रतिको भेदभावको अन्त्य सम्भव छैन ।

pokhara internet
Comments
Loading...