NMB Bank

पोखरामा युनिक ‘डयाडिज किचन ’ (फिचर)

पोखरा / नाम सुन्दै युनिक लाग्छ । भित्रको डेकोरेसन त्यस्तै । अक्सर रेष्टुरेन्टमा खानका लागि ग्राहक जाने गर्छन । तर पोखरामा एक यस्तो रेष्टुरेण्ट छ । जहाँ खाना मात्र होइन । रेष्टुरेण्टको भित्री आवरण पनि हेर्ने लायक छ ।

नयाँ शैलीमा रेष्टुरेण्टको आवरणलाई प्रस्तुत गरिएको छ । रेष्टुरेण्टको फ्रन्ट बारमा काठको ठूलो गितार छ । पृथ्वी नारायण शाहको ठूलो स्केचलाई भित्तामा टासिएको छ । रेष्टुरेण्टमा पस्नेबितिकै छाना तर्फ हेर्दा फेवातालको २१ वर्षे पुरानो डुङ्गा देख्न सकिन्छ ।

रेष्टुरेण्टको माथिल्लो बारमा पियानोको डिजाइन छ । ठाँउठाउँमा काठबाट बनेका कपिलवस्तुको ७५ वर्षिय पुरानो चक्काहरुलाई राखिएको छ । गौतमबुद्ध लगायत अन्य तस्बिरले पनि ध्यान खिच्छन । पस्ने बितिकै आनन्दको महशुस हुन्छ ।

पोखरा मुस्ताङचोक देखि थोरै तल तपाई जानुभयो भने बाँया भागमा डयाडिज किचन रेष्टुरेण्टलाई पाउनुहुन्छ । यो सबै डेकोरेसन त्यहाँ पाइन्छ । झण्डै ३ करोडको लगानीमा सञ्चालनमा आएको रेष्टुरेण्टको अर्को आकर्षण भनेको फ्रन्टमै ठूलो अक्षरमा लेखिएको ‘कायापलट ल्याउँछौ स्वदेशमै, युवा उद्यमशिलतालाई सम्मान गरौ’ भन्ने नारा हो ।

फरक शैलीको धारणा विचार लिएर अगाडी बढेको डयाडिज किचन प्रालीका सञ्चालकहरु कमलजंग कुँवर, प्रिन्स मल्ल, पदम कुँवर र सन्दिप क्षेत्री हुन । नेपाली युवाहरु अब विदेश नगई स्वदेशमै बसेर लगानी गुर्नपर्ने सन्देश फैलाउन आफुहरुले रेष्टुरेण्टमा लगानी गरेको कमलजंग कुँवरले बताए ।

उनले सन्दिप लगायत आफ्ना भाइहरुलाई विदेश जानबाट रोकेर सुरुमा ठेला धकल्न सिकाए । ठेलाबाट सुरु भएको रेष्टुरेण्टको यात्रा आज डयाडिज किचन प्राली सम्म पुगेको छ । ड्याडिज किचनमा ५० जना भन्दा बढी युवायुवतीले रोजगार पाएका छन । डयाडिज किचनकै अर्को नयाँ शैली भनेको फुड ट्रक हो ।

ट्रक मार्फत ठाँउठाँउमा पुगेर सेवा प्रदान गर्ने लक्ष्य सहित लागिरहेको कमलले सुनाए ।  उनले मार्फत नयाँ कुराहरु हेर्दै जाने क्रममा यस्तो भिजन आएको हो ।

टेलिभिजन र युट्युबमा बाहिर देशहरुमा देखाइएको फुड ट्रकले कमलको ध्यान खिच्यो  ।  फलस्वरुप नेपालमा पनि यसको आवश्यकत्ता लाई उनले औल्याए  र आफ्ना भाईहरु संग सुरु गरे । पोखरामा मात्रै फुड ट्रक र रेस्टुरेन्टमा गरेर ७० बढी कर्मचारी रहेका छन ।

क्यापासिटीका हिसाबले डयाडिज किचन फास्टफुडमा नेपालकै नम्बर १ रहेको सञ्चालकहरुको दाबी छ । डयाडिजको पोखरामा ३ वटा, काठमाडौमा २ वटा, बुटवलमा २ वटा र रुपन्देहीमा बन्दै गरेको रेष्टुरेन्ट गरेर ८ वटा ब्रान्च छ ।

देशमा मात्र नभई विदेशमा पनि ब्रान्च स्थापना गर्ने लक्ष्य राखेको डयाडिज किचनले सामाजिक उत्तरदायित्व बहन गर्दै हप्ताको एक दिन शनिबार श्रृखलाबद्ध सरसफाइ गर्दै आइरहेको कमलले जानकारी गराए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?