NTHMC

वीरगंज महानगर प्रमुखलाई कोरोना

काठमाडौं । पर्साको वीरगंज महानगरपालिका प्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना नियन्त्रणमा भूमिका खेलेका मेयर सरावगीलाई कोरोना पोजेटिभ भएको हो ।

parichay

कोरोना भाइरसको  ‘हटस्पट’ बनिरहेको वीरगन्ज महानगरपालिका प्रमुखलाई नै कोरोना भएपछि त्रास थपिएको छ । यसको जानकारी मेयर सरावगीले आफैँ सामाजिक सञ्जालमार्फत दिएका छन् ।

roma

‘कोरोना महामारीको समयमा जनताको सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ’, उनले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ । चाँडै निको भएर काममा फर्किनेछु ।’

 

pokhara internet
Comments
Loading...