NTHMC

सडक डिभिजनका प्रमुख विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

३५ लाख भ्रष्टाचार गरेको ठहर

काठमाडौँ । सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख सिडिई जितेन्द्रकुमार चौधरी विरुद्ध ३५ लाख भ्रष्टाचार गरेको ठहर सहित विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनी विरुद्ध मुद्दा दर्ता गरेको हो ।

सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख चौधरीले भूमि इन्फ्रास्ट्रक्च्चर प्रालिबाट विभिन्न मितिमा श्रीमतीको खातामा रकम जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा आयोगले अनुसन्धान अगाडि बढाएको थियो ।

roma
parichay

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार चौधरीले सेवाग्राही भूमि इन्फ्रास्ट्रक्च्चर प्रालि र उक्त प्रालिसँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्ने ठेकेदारहरुसँग बाटो निर्माण गर्ने विभिन्न स्वीकृत आयोजनाहरुको काम शुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट पैतीस लाख गैरकानूनी तवरले कमिसनको नाममा लिई श्रीमतीको खातामा जम्मा गर्न लगाएको पुष्टी भएको छ ।

ICAS

चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ र दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा कमिसन तथा घुस बापतको रकम ३५ लाख बिगो माग दावि सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

pokhara internet
Comments
Loading...