कोरोना भाइरस तीब्र संक्रमण भएपछि डब्लुएचओले गर्यो ‘स्वास्थ्य आपतकाल’ घोषणा

पोखरा/

कोरोना भाईरस संक्रमण तीब्र भएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

roma

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले यस्तो घोषणा गरेको हो।

ICAS

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्ने भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन्।

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ।

चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा यसको लक्षण देखिएको छ। जर्मनी, जापान, भियतनाम र अमेरिकामा यो भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टी भएको छ।

parichay

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

९डब्ल्यूएचओ० ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्ने भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओ का प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन्।

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ।

चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा यसको लक्षण देखिएको छ। जर्मनी, जापान, भियतनाम र अमेरिकामा यो भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टी भएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

pokhara internet
Comments
Loading...