ICAS
Rara

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण, के हो ? र कसरी बच्ने ?

पोखरा/

चीनमा देखिएको भनिएको कोरोना भाइरस अहिले नेपालमा पनि देखिएको छ । चीनको युवान क्षेत्रबाट पढेर आएका नेपालका विद्यार्थीमा उक्त भाईसर पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

चीनबाट फर्कंदा विरामी भएर टेकु अस्पतालमा गएका ती विद्यार्थीको रगतको नमूना परीक्षणको लागि हङ्कङ्मा पठाईएको थियो । हङकङ्बाट आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जनाईएको छ ।

समाचार अनुसार उक्त भाइरसको सँक्रमणबाट चीनमा मात्रै २५ जना भन्दा बढीको मृत्यु भईसकेको छ । तर चिकित्सकहरुले यसलाई रहस्यमय भाइरस भनेका छन् । यो भाईसर चीनदेखि हङ्कङ् हुँदै अमेरिकासम्म फैलिईसकेको बताईन्छ ।

नेपाल पनि यो भाइरसको उच्च जोखिममा रहेको सरकारी अधिकारीहरुले बताएका छन् । चीन अध्ययन गर्न जाने नेपाली विद्यार्थी र नेपाल घुम्न आउने चीनियाँ पर्यटकका कारण यो भाइरस नेपालमा पनि फैलनसक्ने आशंका गरिएको छ ।

यो भाइरसलाई सर्पबाट मानिसमा र मानिसबाट मानिसमा सरेको मानिएको छ ।

aama movie
  • के हो कोरोना भाइरस ?

कोरोना भाइरसलाई श्वाप्रश्वाससम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरस भनिएको छ ।

२०१९–एन सीओभी भनिएको उक्त भाइरस कोरोना वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन । सन् २००० को दशकको आरम्भतिर संसारभरी झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो । कोरोना भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो ।

  • यो भाइरसको सँक्रमणबाट कस्ता लक्षण देखिन्छन् ?

यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ । रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखा पर्दछ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ ।

  • सतर्कताका उपाय

नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु/अन्डा राम्रोसँग पाकेको मात्र खाने। यसका लागि पुर्वसतर्कता नै एकमात्र उपाय हो । वैज्ञानिकहरुले यसको उपचार पत्ता नलागिसकेको बताएका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?