ICAS
Rara

कोरोना भाइरसबाट संक्रमित बिरामी ३२ हजार ४ सय ९५ जना निको भएर घर फर्किए

एजेन्सी । ३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् ।

चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सको अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपोर्ट अनुसार हिजो ९बुधबार० मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेको छ । ७८ हजार ४ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित रहेको बताइएको छ । चीनभन्दा बाहिर पनि ५१ जनाको मृत्यु भइसकेको छ ।

parichay

चीनसहित २० देशमा यो भाइरसको संकेत देखिएका छन् । चीनपछि धैरै कोरोना भाइरस संक्रमण हुने मुलुक दक्षिण कोरिया रहेको छ । अहिलेसम्म दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ भने ८ सय ९३ जनामा संक्रमण भएको पुष्टी भएको छ ।

त्यस्तै कोरोना भाइरसबाट इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई-दुई तथा ताइवान र फिलिपिन्समा एक(एक जनाको ज्यान गएको छ ।

विश्वमै तीव्र रूपमा यो भाइरस फैलिरहेको बेला चीनकै डाक्टरले कोरोना विरुद्धको ‘भ्याक्सिन’ समेत विकास गरिसका छन् । ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन विकास गरिसकेका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?