ICAS
Rara

कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या २७००, ८० हजार संक्रमित

काठमाडौं । चीनबाट सुरु भएर विश्वका ३ दर्जन बढी मुलुकमा फैलिएको नोवेल कोरोना भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ ।

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक÷एक जनाको ज्यान गएको छ ।

govnotice

कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन् । पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ ।

parichay

चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । जसमध्ये दुई हजार ४९१ चीनको मुख्य भूमि बाहिरका छन् ।

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एक र एक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?