Parichay add

कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या १ हजार ४९१ पुग्यो

संक्रमित ६५ हजार २४७

कोरोना भाइरसका कारण आज (शुक्रबार) बिहानसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ।

कोरोना संक्रमणका कारण बिहीबार चीनमा १ सय २३ र जापानमा १ जनाको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको हो।

roma

यी मृतकमध्ये हङकङ, फिलिपिन्स र जापानका एकरएक जना छन्।

ICAS

बुधबारको तुलनामा भने बिहीबार मृत्यु तथा संक्रमण दर घटेको छ । बुधबार संक्रमण सुरु भए यता अहिलेसम्मकै धेरै २ सय ४२ जनाको मृत्यु भएको थियो भने झन्डै १५ हजार संक्रमित भएका थिए ।

त्यस्तै बिहीबार चीनमा मात्रै थप ४ हजार ८ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यही दिन जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १ १ जनालाई कोरोना संक्रमण भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबार बिहानसम्म विश्‍वरभर गरेर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ४७ पुगेको छ।

pokhara internet
Comments
Loading...