ICAS
Rara

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण

सियोल । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई विमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

उद्धार गरिएका व्यक्तिहरु चढेको चार्टर्ड बिमान बिहान ६ बजे पश्चिमी सियोलको गिम्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । कोरोना भाइरसको लक्षण देखिएका यात्रुहरूलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको थियो । बाँकी यात्रुहरुलाई सियोलको बाहिरी इलाकामा बनाइएको अस्थायी शिविरमा राखिएको छ ।

govnotice

दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ । चीनको उहानमा घातक कोरोना भाइरसका कारण मानिसहरु बिरामी हुनेक्रम जारी रहेपछि १५ दिनभित्रै दुई उडानबाट ७०१ जनाको उद्धार गरिएको छ ।

parichay

तेस्रो उडानका यात्रुहरूमध्ये करिब ६० जना चिनियाँ नागरिक छन् । उनीहरु दक्षिण कोरियाली परिवारका सदस्य रहेको र उनीहरुलाई चिनियाँ अधिकारीहरूको स्वीकृति लिएर उडानमा समावेश गरिएको हो ।

सियोलले पछिल्लो उडानमा ७० जना चिनियाँ सहित १७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो । तर सबै व्यक्ति विमानमा किन आएनन् भन्ने अन्यौल नै छ ।

उद्धार गरिएका व्यक्तिहरुलाई सियोलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म अस्थायी शिविरमा राखिने अधिकारीहरुले बताएका छन् । अझै पनि उहानमा कबिर १०० जना दक्षिण कोरियालीहरू रहेको विश्वास गरिएको छ ।

दक्षिण कोरियामा दुई दर्जन भन्दा बढी व्यक्तिमा कोरोना भाइरस रहेको पत्ता लागिसकेको छ अद्यापी कुनै पनि व्यक्तिको आजसम्म मृत्यु भएको छैन । चीनमा भने भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १०० पुगिसकेको छ भने ४४ हजारमा संक्रमण देखिएको छ । -रासस/योनहाप

pokhara internet
Comments
Loading...