ICAS
Rara

भारतमा पनि कोरोना भाइरस संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको पुष्टि भएको छ । बिहीबार भारतको स्वास्थ्य मन्त्रालयले केरलामा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

चीनको वुहान विश्वविद्यालयमा अध्यननरत विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

govnotice
parichay

त्यस्तै राजधानी नयाँ दिल्लीमा तीन जनालाई कोरोना भाइरसको संक्रमणको आशंकामा आरएमएल अस्पतालको आइसोलेसन वार्डमा निगरानीमा राखिएको छ ।

चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा १७० जनाको मृत्यु भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनका सबै प्रान्तमा यसको संक्रमण फैलिएको छ । बिहीबार बिहानसम्म ७ हजार ७ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ ।

pokhara internet
Comments
Loading...