ICAS
Rara

नोबल कोरोना भाइरस र यसको चुनौती

सुन्दर अधिकारी-

संसारमा झण्डै ३ लाख २० हजार फरक किसिमका भाइरसहरु सकृय रहेको र तिनको असर बेला बेलामा प्राणी जगतमा पर्ने गरेको पाईन्छ । ती विभिन्न भाइरसजन्य किटाणुबाट प्रत्येक वर्ष झण्डै १ लाख पचास हजार मानिसको अकालमा ज्यान जाने गरेको छ । यस्ता किसिमको भाइरसहरु परापुर्व कालदेखि संसारको कुनैपनि ठाउँमा रहेका छन् र यिनीहरु प्राणघातक एवं अत्यन्त विनाशकारी पनि हुने गर्दछन् । यस्ता अनेकौ किसिमको भाइरसजन्य किटाणुको कारणले लाखौं मानिसहरु प्रत्येक वर्ष शिकार भएका छन् । संसारको यस्तो ठाउँ छैन जहाँ यस्ता किसिमको विनाशकारी भाइरस पुग्न नसक्ने र संसारमा त्यस्तो औजार बजेको छैन जसले भाइरसलाई रोक्न सकोस ।

govnotice

विश्वमा विभिन्न समयमा विभिन्न किसिमका भाइरसहरुले ठुलो समस्या र चुनौती दिँदै आइरहेको छ । यस्ता प्राणघातक भाइरसमध्ये केही प्रतिनिधि मुलक भाइरसहरु निम्न रहेका छन् ।
१. रोटा भाइरस : यसलाई चाइल्ड किलर पनि भनिन्छ । यसबाट भर्खरका बच्चा र केटाकेटी बढि प्रभावित हुने गर्दछन् । यसको कारणले झण्डै ५ लाख बच्चा तथा केटाकेटीको वर्षेनी मृत्यु हुने गरेको छ ।
२. स्मलपोक्स भाइसर : यसलाई पनि मानव इतिहसकै अत्यन्तै खतरनाक र भयानक भाइरसको रुपमा लिने गरिन्छ । यसबाट २० औं शताब्दीमा करोडौं मान्छेको ज्यान गएको थियो ।
३. डेनडी अथवा डेङ्गु भाइरस : यो भाईरस जुन लामखुट्टेको माध्यमबाट मानव शरिरमा प्रवेश गर्दछ र प्राण समेत लिने गर्छ । यसको कारणले १ सय १० देशमा वर्षेनी झण्डै १ करोड मान्छेलाई असर पु-याएको साथै झण्डै २० हजार मानिसलाई क्षति पु-याउने गरेको तथ्य रहेको छ ।
४. एलो फिभर (पहेलो ज्वोरो) : यसको कारणबाट पनि विश्वमा लाखौं मान्छेको ज्यान जानुको साथै धेरै पिडीत हुँदै आएका छन् ।
५. यस्तै स्पेनीस फ्लु, रेबिज, हेपाटाइटिस् बि, सि, एच.आई.भि. भाइरसको कारणबाट पनि करोडौं प्रभावित र लाखौंको संख्यामा वर्षेनी ज्यान गुमाउनेको संख्या पनि उत्तिकै रहेको छ ।

त्यस्तै अहिले विश्वलाई नै चुनौती दिईरहेको एक भयानक भाइरस जसलाई नोबल कोरोना भाइरस अर्थात कोभिड–१९ ले चिनिन्छ ।

parichay

सामान्यतया कोरोना भाइरस ३ किसिमको हुने गर्दछ । त्यसमा पहिलो सार्स कोरोना भाइरस जुन २००२ देखी २००३ सम्ममा देखा परेको थियो । यसको कारणबाट ७७४ भन्दा बढि मानिसको ज्यान गएको थियो । त्यस्तै मर्स भाइरस जुन २०१२ मा देखा परेको थियो र यसको कारणबाट ८५८ जनाको अकालमा ज्यान गएको थियो । त्यस्तै सवैभन्दा भयानक प्राणघातक कोरोना भाइरसको नाम हो नोबल कोरोना भाइरस यो २०१९ को अन्तिममा चीनको हुबेइ प्रान्तका राजधानी उहानबाट देखा परेको हो ।

यसले अचानक भयावहको स्थिति लिन लागेपछि चीन सरकारले त्यस शहरको झण्डै ३ करोड जनतालाई क्वारेन्टाइनमा राखेर १० दिनमा १ हजार शैयाको कोरोना प्रभावितको उपचारार्थ अस्पतालको निर्माण गरि विश्वसामु एउटा उदाहरण सावित गरेको थियो । यसरी छिटो भन्दा छिटो चनाखो बनि चीन सरकारले कोरोना नियन्त्रण गर्न सफल भएको छ ।

आजसम्म संसारमा यस कोभिड १९-बाट प्रभावितको संख्या १ लाख ८१ हजार ७ सय ४० पुगेको छ भने ज्यान गुमाउनेको संख्या १५ हजार भन्दा बढी पुगेको छ । यसैगरि उपचार पुरा गरि घर फर्कनेको सँख्या ७८ हजार ९ सय नाघेको छ । यसबाट सबैभन्दा धेरै चीनमा ३ हजार २ सय १३ जनाको ज्यान गएको छ प्रभावित ८० हजार ८ सय ६० छभने उपचार पुरागरि फर्कने ६७ हजार ८ सय १६ जना रहेको छ । यसबाट चिनपछि इटली, इरान, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका, स्वीजरल्याण्ड, उत्तर कोरिया लगायतका देशहरु बढि जोखिममा परिरहेका छन् भने जनतालाई आवात जावत गर्न पनि रोक लगाईएको छ ।

त्यसैले यस्ता अत्यन्त भयानक प्राणघातक कोरोना भाइरसबाट नआत्तीकन अत्यन्त सजगता अपनाउन पर्ने देखिन्छ । डब्लु एज ओ ले संसारको आठौं जोखिम शहरको रुपमा राखेको काठमाडौं अनि अन्य सहरहरु अहिले सामान्य रहेको बेलामा सजगता अपनाइएन भने भोली अप्ठ्यारो स्थिति आउन पनि सक्छ ।

pokhara internet
Comments
Loading...