ICAS

कोरोना कहर : कांग्रेसका कार्यक्रमहरू स्थगित, गाउँसम्म सतर्कता अभियान

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस संक्रमणको जेखिम भएको भन्दै नेपाली कांग्रेसले तत्काल आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ । १४ औँ महाधिवेशनको संघारमा रहेको कांग्रेसले कोरोनामविरुद्ध गाउँसम्म सचेतना अभियान चलाउने निष्कर्ष निकालेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको जानकारी गराएको छ ।

Parichay
Infomatics

पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरा भएको बताए । उनले यसलाई गम्भीर रूपले लिएर सरकारलाई कांग्रेसले खबरदारी गर्ने बताए । जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई कांग्रेसको सम्पूर्ण साथ रहने उनको भनाइ छ ।

त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको जनाएको छ ।

pokhara internet
Comments
Loading...