धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं /

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। झापा शिवगढी ११ का ५६ वर्षीय र धरान उपमहानगरपालिका १५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। झापाका संक्रमित प्रतिष्ठानमा उपचाररत थिए।

उनमा दीर्घ रोग थियो र उनलाई २९ गते कोरोना पुष्टि भएको थियो। ३० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको र सोही राती पौने ८ बजे मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

ICAS

त्यसैगरी, धरान उपमहानगरपालिका १५ का मृतकलाई दीर्घ रोग भएकाले प्रतिष्ठानमा उपचाररत थिए। उनलाई २८ गते कोरोना पुष्टि भइ २९ गते कोभिड अस्पतालमा भर्ना भएका थिए। संक्रमितको ३० गते राती सबा ७ बजे मृत्यु भएको हो। यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ।

pokhara internet
Comments
Loading...