शुक्रबार कास्कीमा ४७ सहित गण्डकी प्रदेशमा थपिए १४५ कोरोना संक्रमित

पोखरा /

शुक्रबार गण्डकी प्रदेशमा १४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा कास्कीमा ४७ ,नवलपरासी पूर्वमा ५४, स्याङजामा ५, बागलुङमा ९, तनहुँमा ६, लमजुङमा ८, गोरखामा १४, पर्वत र म्याग्दीमा एक र एक जना संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा निको भएर घर फिर्ता हुनेको संख्या प्रदेशमा २२ छ । ९०४ जनामा कोरोना परीक्षण गरिएको शुक्रबार ७५९ जनामा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ । शुक्रबार कोरोनाबाट एक जनाको निधन भएको छ ।

ICAS

हालसम्म प्रदेशमा कोरोना बाट मर्नेको संख्या ४८ पुगेको छ । ५ हजार ५ सय १ संक्रमितमा निको भएर ३ हजार ५ सय १० घर फिर्ता भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ४३ छ । गण्डकी प्रदेशमा ८० हजार २ सय ६ जनाले हालसम्म कोरोना परीक्षण गरेका छन् । जसमध्ये ७४ हजार ७ सय ५ जनामा कोरोना नेगेटिभ देखिएको छ ।

pokhara internet
Comments
Loading...