पोखरामा थप ३ जना सहित गण्डकी प्रदेशमा थपिए १० जना नयाँ संक्रमित

पोखरा / 

गण्डकी प्रदेशमा थप १० जना नयाँ संक्रमित थपिएका छन् । शनिबार बिहान स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ जिल्ला तनहुँ, कास्की, बाग्लुङ, गोरखा, स्याङजा, नवलपुरमा संक्रमित थपिएका हुन् ।

roma

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँमा दुई जना, कास्कीमा तीन जना, बाग्लुङमा दुई जना, गोरखा एक जना, स्याङजामा एक जना र नवलपुरमा एक जना संक्रमित थपिएको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए । उनका अनुसार तनहुँको भानु नगरपालिका वडा २ र ४ का ३० र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

ICAS

यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा ५ र ८ का क्रमशः ३९ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र १५ वर्षीय महिलामा कोरोना देखिएको छ । बाग्लुङको बाग्लुङ नगरपालिका ३ का ५४ वर्षीय पुरुष र बडिगाड गाउँपालिका ६ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी गराएको छ ।

गोरखाको गोरखा नगरपालिकाकी ४७ वर्षीय महिलामा कोरोना देखिएको शर्माले बताए । स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका १३ का ३० वर्षीय पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिका ८ का ३४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको खबर छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

pokhara internet
Comments
Loading...