गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

पोखरा /

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्लामा संक्रमित थपिएका हुन् ।

नवलपरासी पूर्वमा २३ जना, गोरखामा एक र लमजुङमा एक जनामा कोरोना देखिएको हो । नवलपरासी देवचुलीको वार्ड १४ मा एक, १७ मा एक, १२ मा एक, ६ मा एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै, जिल्लाको गैंडाकोटको वार्ड ५मा एक, १५ मा ७, १४ मा ४, २ मा १,१६ मा ४, ९ मा १ जनामा कोरोना देखिएको छ । जिल्लाकै कावासोतीमा वार्ड ९ मा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ ।

ICAS

गोरखा जिल्लामा वार्ड १० का ५२ वर्षीय पुरुषमा कोरोना देखिएको छ । लमजुङको सुन्दरबजार—१० का ३९ वर्षीय महिलामा कोरोना पुष्टि भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी गराए । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ ।

pokhara internet
Comments
Loading...