पोखरामा दुई जना सहित गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण

पोखरा / 

गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला कास्की, तनहुँ, स्याङजा, नवलपुरमा संक्रमित फेला परेका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार कास्कीमा दुई जना, तनहुँ एक जना, स्याङजामा दुई जना र नवलपुरमा १२ जनामा संक्रमण देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरामा महानगरपालिका वार्ड १ र १० का ६२ वर्षीय पुरुष र २६ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो । तनहुँको सुक्लागण्डकी ५ का ५९ वर्षीय पुरुष कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्याङजाको पुतलीबजार १ र वार्ड नखुलेको ४० वर्षीय पुरुष र ५१ वर्षीय पुरुष कोरोना संक्रमित रहेका छन् ।

ICAS

यस्तै, क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण्मा गैंडाकोट ८,५,११,४,१०,१ र वार्ड नखुलेका स्थानका महिला पुरुषमा कोरोना देखिएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ४७ पुगेको छ ।

पोखरा महानगरपालिकाका दुई जना, तनहुँका एक जना र स्याङजाका ४० वर्षीय पुरुष गरी चार जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएको खुलेको छ । बाँकी संक्रमित सबैलाई कन्ट्याक्ट टे«सिङबाट पहिचान गरिएको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् । उनका अनुसार संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।

pokhara internet
Comments
Loading...