NTHMC

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६६ पुग्यो

पोखरा / 

गण्डकी प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ९६६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ । मंगलबार बिहानको प्रेस विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा ४ जिल्लाका संक्रमित भेटिएका हुन् ।

roma
parichay

संक्रमितहरु तनहुँका ५ जना, स्याङजाका १ जना, लमजुङका ३ जना र कास्कीका ८ जना रहेको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ ।

ICAS

pokhara internet
Comments
Loading...