कास्कीका ५ सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

पोखरा ।

कास्कीमा ५ जना सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका तीन जिल्लामा कोरोना पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षण अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देबचुली नगरपालिकामा ३ महिला र ३ पुरुष गरी ६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ ।

roma
parichay

यस्तै कास्कीको पोखरा महानगरपालिकामा ५ जना महिलामा कोरोना पुष्टि भएको छ ।

ICAS

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार स्याङजा भिरकोट गाउँपालिकाका २ जना पुरुष र गल्याङ नगरपालिका ३ जना पुरुषमा कोरोना देखिएको छ । शनिबार साँझ फेला परेका संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ ।

pokhara internet
Comments
Loading...