ICAS

कोरोनाको प्रभाव : पोखराका मूख्य बजार ठप्प (फोटो फिचर)

सन्तोष बस्याल
पोखरा / 
कोरोनाको प्रभावले पोखराका मुख्य बजार ठप्प देखिन्छ । अघिपछि चहलपहल हुने पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल न्यरोड, सर्वेश्वरमार्ग लगायतका बजार यतिबेला बन्द छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्न आग्रह गरेसँगै सोमबार (आज) बाट बजार बन्द गरिएको हो ।

फेन्सी पसल, मोबाइल पसल, सुनचाँदी पसल लगायत रेष्टुरेन्टहरु बन्द भएको देख्न सकिन्छ । बैंक र सुपरमार्केट भन्ने खुलेका छन् । सुपरमार्केटमा सर्वसाधारणलाई हात धोएर मात्र भित्र प्रवेश गराइएको छ भने बैंकमा सेनिटाइजर छर्केर मात्र प्रवेश गर्न अनुरोध गरिएको छ । अहिले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।

Parichay
Infomatics

कोरोनाका कहरले बजारमा सर्वसाधारणको चहलपहल पनि कम नै छ । सुपरमार्केटमा भने अत्यावश्यक सामान खरिद गर्ने मानिसको भिडभाडनै देखिन्छ । सरकारले २५ जना भन्दा बढी भिडभाडमा जम्मा नहुन आदेश दिएपनि पोखराको भाटभटेनी सुपरमार्केटमा भने २५ जना भन्दा बढी भेटियो । कोरोनाबाट बच्न र बचाउन चिप्लेढुङ्गामा हात धुन सर्वसाधारणलाई साबुनपानीको समेत व्यवस्था गरिएको छ ।

pokhara internet
Comments
Loading...