स्याङजाका ८५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

पोखरा ।

स्याङजाका ८५ वर्षीय कोरोना संक्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ केन्द्रमा उपचार गराइरहेका स्याङजा पुतलीबजार नगरपालिका १ का पुरुषको शनिबार बिहान ६ः३२ बजे मृत्यु भएको अस्पताल विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

उनी कोरोना संक्रमण भई भदौ २४ गते आइ.सि.युमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह—प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी गराए । कोभिड १९ पोजेटिभ भई प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या दश पुगेको बताइएको छ ।

ICAS

pokhara internet
Comments
Loading...