नेपालमा कोरोना संक्रमितको संख्या ६८२

काठमाडौं l नेपालमा थप ७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले दिएको जानकारी अनुसार आज ७ जनामा कोरोना देखिएको हो । संक्रमितहरूमा अछामका १ जना, बर्दियाका ३ जना रहेका छन् । त्यस्तै पर्साका २ जनामा कोरोना देखिएको हो । संक्रमितहरू सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरस कोभिड-१९ संक्रमितको संख्या ६८२ पुगेको छ। अहिलेसम्म ११२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्। डा. देवकोटाले विगत २४ घण्टामा २,९०४ वटा परीक्षण पीसीआर विधिबाट गरिएको जानकारी दिए।

pokhara internet
Comments
Loading...